पोखरा । रेडियो जननीले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पोखराका ६ आमालाई आमा अवार्ड प्रदान गर्ने भएको छ । पहिलो आवाज उद्यमशीलताका लागि दोस्रो आवाज स्वतन्त्रताका लागि, तेस्रो आवाज समानताका लागि भन्ने उद्घोषका साथ सञ्चालित रेडियोले यसै वर्षबाट आमा अवार्ड वितरण गर्न लागेको हो ।
विगतका वर्षमा पनि आमा सम्मान गर्दैै आएकोमा संस्थाले यसै वर्षबाट आमा अवार्ड वितरण शुरु गरेको जनाएको छ । उक्त अवार्ड ९५ वर्ष माथिका आमाको रेखदेख गरिरहेका छोराछोरी, दाजुभाइ तथा दिदीबहिनीका परिवारलाई प्रदान गर्न लागिएको आमा अक्षयकोषका संरक्षक तथा पद्मावती मिडिया प्रा.लि.का अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन् । आमाको पालनपोषण महत्वपूर्ण कार्य हो ।
वर्तमानमा आमालाई वृद्धाश्रम छोड्ने प्रवृत्ति देखिन थालेको अवस्थामा संस्थाले आमाको सम्मानका खातिर परिवारलाई अवार्ड प्रदान गर्न लागेको उनले थपिन् । भट्टराई भन्छिन्– ‘संस्थाका शुभेच्छुक शुभचिन्तकले आफन्तजनको स्मृति र सम्मानमा स्थापना गरेको अक्षयकोषको व्याजबाट पहिलोपटक मिडिया हाउसले उक्त सम्मान प्रदान गर्न लागेको हो ।’ उक्त अवार्डका लागि मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमको संयोजकत्वमा गठित तीन सदस्य समितिले जुन वडाका दाताले अक्षयकोष स्थापना गरे त्यही वडाका आमाको परिवारलाई सम्मान गर्ने कार्यविधि बनाएर प्रतिभा छनौट गरेको हो ।
वडा कार्यालयको समन्वयमा ९५ वर्ष माथिका आमाको सूची तयार गरी मनोनयनमा परेका १९ आमामध्येबाट छ जनालाई छनौट गरिएको संयोजक असफल गौतमले जानकारी दिए । मनोनयनमा परेका प्रत्येक परिवारका घरको अवस्था केलाएर रेडियोमा आमा अक्षयकोष स्थापना भएका कास्की जिल्लाका वडा नं. ४, ६, १४ र १६ का परिवारलाई यसरी सम्मानित गर्न लागिएको छनौट समितिकी सदस्य सम्झना थापा बताउँछिन् । जसमा पोखरा–१६ बाटुलेचौर निवासी चित्राकुमारी थापा, पोखरा १४ निवासी मन्धरा गुरुङसेनी, पोखरा–६ का असली लामिछाने, नन्दकली पौडेल, सुकमाया सुनार्नी, पोखरा–४ की उमादेवी गोथाजुका परिवार रहेका छन् ।
वडा ६ बाट तीन वटा आमा अक्षयकोष भएकाले उक्त वडाबाट तीन जना परिवार परेको समितिले जनाएको छ । उनीहरुलाई सम्मानपत्र, दोसल्लासहित आकर्षक अवार्ड प्रदान गर्न लागिएको हो । उक्त अवार्ड यही मार्च ८ अर्थात् फाल्गुन २५ गतेका दिन शुक्रबार बिहान १२ बजेबाट माउण्ड कैलाश रिसोर्टमा वितरण गरिने जनाइएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर