पोखरा । पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवामा सञ्चालित शान्ति आधारभूत विद्यालयले आफ्नो ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा बुधबार विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा वडा नम्बर ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतले विद्यालयका संस्थापक प्रधानाध्यापक, अध्यक्ष, शिक्षकलगायत हालसम्म योगदान गर्ने व्यक्तिहरूलाई विद्यालयका तर्फबाट सम्मान गरेका हुन् । दिवङ्गत भएका पूर्व प्रअहरू सारु मगर, केशवलाल भुजेल, खिलनाथ पराजुली, ओमनाथ बाँस्तोला र लोकबहादुर ताम्राकार तथा पूर्व अध्यक्षहरू दिननाथ त्रिपाठी, झलकनारायण श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, नारायणदत्त गौतम र बद्रिनाथ अधिकारीको मरणेपरान्त सम्मान परिवारलाई हस्तान्तरण गरिएको थियो ।
सम्मानित हुने अन्य व्यक्तिहरूमा पूर्व अध्यक्षहरू दयाराम न्यौपाने, दिननाथ च्वाईँ, टीकाराम बाँस्तोला, बुद्धिनाथ जमरकट्टेल, भुवानीप्रसाद बाँस्तोला, बाबुराम ढकाल, भवानीप्रसाद अधिकारी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्षद्वय बाबुराम थापा र नन्दबहादुर गुरुङ, पूर्व प्रअहरू अर्जुन बन्जारा, इमनाथ च्वाईँ र अमृता न्यौपाने तिवारी तथा हाल कार्यरत शिक्षकहरू भवानीप्रसाद सुवेदी र विमला शर्मा रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले मुलुकका लागि आवश्यक जनशक्तिको पूर्ति गर्ने अधिकांश सामुदायिक विद्यालयकै उत्पादन भएकाले सामुदायिक विद्यालयको शिक्षा सुधारमा विशेष जोड दिनुपर्ने बताए ।युवा जनशक्तिलाई देशमै बस्ने अवस्थाको सिर्जना गर्नका लागि सबै तहका सरकारले पहल गर्नुपर्ने भन्दै सुवेदीले वर्तमान समयमा कृषि र नैतिक शिक्षामा लगानी गर्नुपर्ने धारणा राखे । उनले वडा नम्बर ३० ले आगामी आर्थिक वर्षदेखिनैतिक शिक्षा र व्यावहारिक शिक्षाका लागि वडाभित्रका विद्यालयमा कम्तीमा पनि हप्ताको १ पिरियड कक्षा सञ्चालन गर्ने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले आजको सिकाइ विद्यालयको चौघेरामा मात्र सिमित नरहेको भन्दै यस्ता औपचारिक कार्यक्रम सिकाइको महत्वपूर्ण माध्यम बन्ने धारणा राखे । विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक उन्नतिका लागि विभिन्न कार्ययोजनाहरू प्रस्तुत गरे ।
कार्यक्रममा वडा सदस्य तथा विद्यालय व्यवस्थाप समितिका सदस्य विनोदप्रसाद लामिछाने, वडा सदस्य उमा परियार, लक्ष्मीआदर्श माविका प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराई, शिवशक्ति माविका प्रधानाध्यापक शम्भुराज बाँस्तोला, शिवालय मावि, रूपाका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, लक्ष्मी माविका सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिवारी, नेपाली काङ्ग्रेस वडा नं. ३० सभापति ध्रुवराज न्यौपाने, लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, शिक्षक अभिभावक सङ्घकी अध्यक्ष कल्पना पौडेललगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भवानीप्रसाद सुवेदीले गरेका थिए भने शिक्षक तारादेवी सुवेदी र विद्यार्थी दिया नेपालीले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा विद्यार्थीहरूले सांस्कृति प्रस्तुति राखेका थिए भने खेलकुद प्रतियोगिताका विजेता र शैक्षिक सत्र २०७९ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ