काठमाडौँ — दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएको छ । भारतीय प्रवर्तन निर्देशनालय(ईडी) ले मुख्यमन्त्री केजरीवाललाई केही बेरअघि पक्राउ गरेको हो ।
कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि ईडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो ।
दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् । साथै पक्राउविरुद्ध पार्टी सर्वोच्च अदालत पुगेको पनि उनले बताएका छन् ।
भारतमा यसै वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रो पटक हो । यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो ।
दिल्लीमा यसअघि शिक्षामन्त्रीसमेत रहेका उपमुख्यमन्त्री मनीष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पनि भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो । दिल्लीमा कथित शराब मामिलामा करिब १०० करोड भारतीय रुपैयाँबराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।
लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण रूपमा हेरिएको छ । दिल्लीमा मुख्यमन्त्री निवासबाहिर पार्टीका नेता कार्यकर्ताको भिड लागेको छ । पार्टीका वरिष्ठ नेताहरूले पक्राउ परे पनि केजरीवाल मुख्यमन्त्री पदमा रहिरहने दाबी गर्दै आएका छन् ।
दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् । उनले भनिन्, ‘प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु