शनिबार बिहान मुग्लिन नजिकै ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचै जना एउटै परिवारका रहेको खुलेको छ ।
गोरखा नगरपालिका–७ का शंकर रोकाको उपचारको क्रममा निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि काठमाडौं पुगेका थिए । शुक्रबार पशुपति आर्यघाटमा दाहंस्कार गरी फर्कने क्रममा ट्याक्सी दुर्घटनामा परेको पारिवारिक स्रोतले बतायो ।
शुक्रबार राति दाहसंस्कारको काम सकेर परिवारको सदस्य करिब ११ बजे तीन वटा सवारीसाधनमा गोरखा फर्किँदै थिए । शनिबार बिहान दुई गाडी मुग्लिन आइपुगेर केहीबेर कुर्दासम्म ट्याक्सी नआएपछि खोज्दै जाँदा मुग्लिन नजिकै डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा हेर्दा ट्याक्सी खसेको भेटिएको थियो । ट्याक्सीमा सवार ६ मध्ये पाँच जना मृत भेटिएका छन् ।
१८ वर्षीय दिवस रोकाय भने बेपत्ता छन् । उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिटनटारबाट गोताखोरसहितको टोली खटिएको छ । चालकसमेत रहेका गोरखा नगरपालिका–७ का ३२ वर्षीय अर्जुन सिर्मल, ७० वर्षीया जुनकिरी रोका, ४१ वर्षीया हरिमाया रोका, २९ वर्षीया अन्जना रोका र ९ वर्षीय बालक आगमन उपरकोटीको निधन भएको छ । उनीहरू सबै एकै परिवारका हुन् ।

बेपत्ता बनेका दिवस शुक्रबार निधन भएका शंकरका छोरा हुन् । ७० वर्षीया जुनकिरी शंकरकी आमा हुन् । हरिमाया जेठी छोरी, अन्जना कान्छी छोरी र आगमन जुनकिरीको छोरी पट्टिका नाती हुन् । चालक अर्जुन जुनकीरीको ज्वाइँ हुन् ।
‘अस्पतालमा रहेका शंकरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ भनेपछि उहाँहरू हिजो काठमाडौं जानुभएको हो, उहाँको हिजै निधन भयो,’ परिवारका एक सदस्यले भने,‘दाहसंस्कारको काम सकेर फर्कँदै गर्दा यस्तो घटना भयो ।’

सम्बन्धित खबर
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी