गण्डकी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएर कामचलाउ बनेका सुरेन्द्रराज पाण्डेले आजैबाट फेरि मुख्यमन्त्री बन्न आफूले प्रक्रिया सुरु गर्ने बताएका छन् ।
बुधबार पूर्वान्ह प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाउनासाथ पत्रकारहरूसँग कुराकानी गर्दै उनले अरू दलहरू जस्तै आफूले पनि प्रयास गर्ने जनाएका हुन् ।
राजीनामा दिएर उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बन्न खोज्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने –‘ठुलो दल होइन, त्यो भन्दा पहिले नै मेरो काम सुरु हुन्छ । आजबाट राजीनामा दिएपछि सरकार बन्ने प्रक्रिया सुरु हुन्छ । प्रदेश प्रमुखबाट पुनः उपधारा (२) अनुसार नै सरकार बनाउन आह्वान हुन्छ होला, विगतको अभ्यास हेर्दा । मैले पनि दुई वा सो भन्दा बढी दलहरूको समर्थन प्राप्त गर्न सके भने यही प्रक्रियाबाट मुख्यमन्त्री हुन सक्छु । यदि मैले पुर्याउन सकिनँ र अरू कसैले पुर्याउन सक्यो भने उहाँहरू बन्नुहुन्छ । त्यो प्रक्रिया सकियो भने मात्रै (३) मा पुग्ने हो ।’
राप्रपा २७ चैतसम्म आन्दोलनमै रहेकाले त्यो सकिएपछि सरकार निर्माण प्रक्रियामा सामेल हुने हुँदा आफूले पनि प्रयास गर्ने उनको भनाई छ ।
‘जब राप्रपा सरकार निर्माण प्रक्रियामा सामेल हुन थाल्नुभयो भने म पनि प्रक्रिया थाल्छु । क–कसलाई लिएर सरकार बनाउनुपर्छ म प्रयास गर्छु,’ उनले भने, ‘सरकार कुन उपधाराको बन्छ मलाई भन्दा प्रदेश प्रमुखलाई थाहा छ । विगतको प्राक्टिस हेर्दिनुस् भनेको छु ।’
गत वैशाख १४ गते मुख्यमन्त्री बनेका पाण्डेले आफ्नो कार्यकाल सन्तोषजनक रहेको बताए । उनले भने– ‘मैले आत्मनिर्भर र समृद्ध प्रदेश बनाउन इमानदारिताका साथ काम गरेँ । सुशासनका हिसाबमा पनि कसैसँग तुलना त गर्न चाहन्न । गण्डकी प्रदेश १ नम्बरमा नै थियो ।’

राजीनामा दिएपछि उनले प्रदेश प्रमुखसँग केहीबेर वार्ता गरेका थिए । उक्त क्रममा छिटो सरकार निर्माण प्रक्रिया थाल्न आग्रह गरेको पाण्डेले बताए । उनले प्रदेश प्रमुखले यसअघि बढीमा ७ दिनसम्म समय दिइ सरकार गठनका लागि आह्वान गरेको स्मरण पनि गराए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ