पोखरा १५ मा शहरी स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि आई एन एफको सहयोग

सम्झौता

पोखरा १५ मा शहरी स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि आई एन एफको सहयोग

samjhauta

पोखरा महानगरपालिका वडा नं. १५ मा सञ्चालित शहरी स्वास्थ्य केन्द्रको अतिरिक्त सेवा विस्तारका लागि आई एन एफ नेपाल, पोखराले सहायता प्रदान गरेको छ ।

वडाबासीहरुको स्वास्थ्य सेवामा सहज पहुँच बढाउने उद्देश्यका साथ विगतका वर्षहरुदेखि नै स्वास्थ्य सेवा विस्तारमा विविध तबरले सहायता गर्दै आइरहेको आई एन एफले यो वर्ष तीन लाख ६० हजार प्रदान गर्ने सम्झौता गरेको हो ।

आई एन एफ नेपाल, पोखराका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारी र पोखरा वडा नं. १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

वडाध्यक्ष बानियाँले सम्झौता बमोजिम उक्त रकम शहरी स्स्वास्थ्य केन्द्रको विस्तारित सेवा केन्द्र मार्फत् सेवा विस्तारका लागि आवश्यक भौतिक संरचना, मेडिकल मेसिनरी औजार, औषधि र मानव संशाधन शीर्षकमा खर्च गरिने जानकारी दिए ।

उनले वडाबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै आई एन एफ, नेपाल पोखराले गरेको यो सहयोगप्रति आभार व्यक्त गरे ।

सम्झौतापत्र आदानप्रदान कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियार, वडासचिव कृष्णप्रसाद गौतमलगायत सहभागी थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds