पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्णायक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सांसदसँग छलफल गरेका छन् ।
गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राप्रपाले चैत २१ गते केन्द्रीय पदाधिकारीको बैठकबाट एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेपछि यहाँ नयाँ सरकार बन्न सकस बनेको छ । सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्न सक्ने संकेत गरेपछि एमाले–माओवादी गण्डकीमा काँग्रेस सरकार बन्नेमा सशंकित छ ।
एमाले कास्कीमा निर्वाचित कमिटीको शपथ कार्यक्रममा जानुअघि ओलीले शुक्रबार पोखराको एक रिसोर्टमा राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङसँग भेट गरेका छन् ।
गुरूङ यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री थिए । उनीसँग भेटमा ओलीले गठबन्धनलाई सहयोग गर्न आग्रह गरेका छन् । यसअघि पनि सँगै बस्दा गण्डकीमा धेरै राम्रो काम भएको र अब पनि मिलेर जाँदा धेरै काम हुन सक्ने बताएको गुरूङले जानकारी दिए ।
ओलीले देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्ने बताएका थिए । अरू कुरा मिलाउने जिम्मेवारी आफ्नो भएको उनले बताए । ‘एमालेका नेताहरूले ओलीजीले भेट्न चाहनुभएको छ भनेपछि भेटेको हुँ । केहीबेर कुरा गर्यौं । उहाँले सहकार्य गरेर जाऔं, केके गर्न सकिन्छ गरौं भन्नुभयो,’ गुरूङले भने ।
सत्ता गठबन्धनलाई साथ नदिने हो भने कांग्रेसलाई समर्थन नगरी तटस्थ बस्न ओलीले राप्रपासँग आग्रह गरेको स्रोतको दाबी छ । गुरूङले आफूले मात्र चाहेर नहुने केन्द्रीय नेतृत्वको निर्णयबाटै चल्ने बताएको जानकारी दिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गर्दै २७ गते ३ बजेसम्मको समय दिएका छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर