पोखरा ५, पर्स्याङ स्थित शान्ति निकेतन स्कुलका कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ ।
यहि चैत २३ गते समापन भएको एसईईमा सहभागी भएका विद्यालयका १४ औं ब्याचका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी उत्कृष्ट नतिजाको शुभकामनासहित विद्यालयले एक कार्यक्रमका बीच बिदाई गरेको हो ।
बिदाई कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले यस वर्षको एसईईमा सहभागी भएका सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गरे ।

‘सबै विद्यार्थीहरुले परीक्षामा राम्रो गरेकोमा म विश्वस्त छु । तपाईंहरुले उत्कृष्ट अंक ल्याई शान्ति निकेतनको नाम चम्काउनुहुनेछ, इतिहास रच्नुहुनेछ ।’ डा. पराजुलीले भने – ‘उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना गर्दछु । यो वास्तवमा बिदाई होइन, आगामी दिनको लागि शुभयात्रा हो ।’
बिदाई कार्यक्रममा बोल्दै शिक्षासेवी किरण सापकोटाले विद्यालयको शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा उत्कृस्ट बिद्यार्थी उत्पादन गर्न सफल भएकोमा मुक्त कण्ठले प्रशंसा गरे ।

विद्यालयका सह–प्राचार्य यदुविलास भुर्त्याल, कक्षा १० का कक्षा शिक्षक हेम सुवेदी, अभिभावकको तर्फबाट सुरेन्द्र यादब र माविमा अध्यापनरत सम्पूर्ण शिक्षकहरुले परीक्षामा सहभागी भएका सबै विद्यार्थीले राम्रो गर्नेमा आफुहरु विश्वस्त रहेको भन्दै अग्रिम बधाई प्रकट गरे ।
कार्यक्रममा एसईईमा सहभागी भएका मध्येबाट विद्यार्थी शैलज अधिकारीले आफ्नो अनुभव सुनाए र विद्यालयलाई धन्यवाद पनि दिए ।


सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह