गण्डकीको राजनीति आइतबार तरंगित बन्यो । मध्यान्हसम्मका कामचलाउ मुख्यमन्त्री पदमुक्त भए, विपक्षी दलका नेता मुख्यमन्त्री बने ।
खगराज अधिकारीलाई आजको दिन किन पनि विशेष रह्यो भने, उनको आजै जन्मदिन हो । आजै मुख्यमन्त्रीमा नियुक्त भए । मध्यान्हसम्म कामचलाउ सरकारका मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डेको पद गयो र प्रतिपक्षमा पुगे ।
एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्रीमा खगराज अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेश गरे । दाबीमा सभामुख पनि गणना भएको थाहा पाउनासाथ नेपाली कांग्रेसले उक्त दाबी असंवैधानिक रहेको बतायो ।
दिउँसो २ बजे मुख्यमन्त्री पाण्डे आफै प्रदेश प्रमुखकहाँ आउने भनेर समय मागे । तर, उनले १ नबज्दै दलका उपनेता बिन्दुकुमार थापाको नेतृत्वमा एक दर्जन टोली प्रदेश प्रमुखकहाँ पठाए । तर, उनीहरु गेटमा पुग्नेबेला खगराज भने प्रदेश प्रमुख निवासभित्रै थिए र नियुक्तिपत्र बुझिसकेका थिए ।
खगराज नियुक्ति पत्र लिएर बाहिरिँदा सँगसँगै असहमतिको पत्र लिएर काँग्रेस टोली प्रदेश प्रमुख निवास छिरेका थिए । पत्र दर्ता गराएपछि परिचय गरेर प्रदेश प्रमुखले उनीहरूलाई फिर्ता पठाए ।
प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीका अनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दलहरूले दाबी गरे अनुसार आवश्यक बहुमत संख्या पुगेकाले नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले पुनः २ बजे आफू आउने बताए । प्रदेश प्रमुख भट्ट तल कार्यालयमा पुगे तर पाण्डे नआएपछि केहि मिनेटमै पुनः निवास फर्किए । पाण्डे काठमाण्डौ हानिए भनेर मिडियामा प्रचार भयो । तर, उनी दिउँसो काठमाण्डौ उडेका थिएनन् ।
एक त उनले २ बजे प्रदेश प्रमुखलाई आउँछु भनेर ढाँटे । अर्को त, सपथ ग्रहण कार्यक्रममा पनि उपस्थित भएनन् । जबकि, उनी राजीनामा दिएका मुख्यमन्त्री थिए । उनलाई हठात् हटाएको अवस्था थिएन । यसअघि १०५ दिनमै खगराज अधिकारीले पद छाड्नुपर्दा उनी सपथ ग्रहण कार्यक्रममा उपस्थित भएर पाण्डेलाई बधाई दिएका थिए ।
खगराज आफूसहित दुई मन्त्रीको सपथपछि पदबहाली गरेर विमानस्थल पुगे । सुरेन्द्रराज नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै सर्वोच्चमा रिट हाल्न काठमाडौं जान पहिल्यै विमानस्थल पुगेका थिए । संयोगवश विमानस्थलमा वर्तमान र निवर्तमान मुख्यमन्त्रीको भेट भीआईपी कक्षमा भयो ।
एउटै जहाजको टिकट लिएका दुवै बेग्लाबेग्लै कोठामा भएपनि ५ मिनेट सँगै भेटेर जन्ममिदनको शुभकामना दिनेदेखि हाँसिमजाक गरे । बधाई खान र विरोध गर्न काठमाण्डौ हानिएका वर्तमान र निवर्तमान मुख्यमन्त्री एकै जहाजमा उडे ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला