पोखरा वडा नं. २४, कास्कीकोटमा एक महिने ध्यान शिविर साधना कार्यक्रम जारी छ ।
गत फागुन २० गतेदेखि कास्कीकोटको धार्मिक एवं पर्यटकिय महत्व अभिवृद्घि गर्ने उद्देश्यका साथ विश्वशान्ति ध्यान केन्द्र शंखु धुलिखेल र पेमाझाङ स्पिरिचुअल स्कुल काभ्रेको संयुक्त आयोजनामा साधना कार्यक्रम भइरहेको छ ।
कश्यप तपोभूमी थामाकोगरामा ध्यानगुरूद्वय परमहंस स्वामी कल्याणमित्र र पेमाझाङद्वारा साधना भइरहेको हो ।
यसैबीच ध्यान शिविर तथा साधनामा रहेका गुरुहरु परमहंस स्वामी कल्याणमित्र र पेमाझाङलाई हाम्रो कास्कीकोट युवा संजालले बुधवार एक कार्यक्रम गरी सम्मान अर्पण गरेको छ । उक्त अवसरमा ध्यान गुरुहरुबाट उपस्थित सबैले रुद्राभिषेक तथा आशिर्वचन ग्रहण गरेका थिए ।
तपस्वी गुरु परमहंस स्वामी कल्याणमित्रले कश्यप तपोभूमि नेपालकै सुन्दर र शान्त ठाउँमा रहेको हुनाले ध्यान गरी ज्ञान प्राप्त गर्न सकिने तथा सो ठाउँको प्रवर्द्धन गर्न आफू सधै आउने वाचा गरे ।
साथै, अर्का तपस्वी पेमाझाङले यो ठाउँको शक्तिले गर्दा आफु १३ दिनदेखि निराहार तपस्या गरेको’ कुरा सुनाए ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व वडा नम्बर २४ का अध्यक्ष भरत बहादुर अधिकारीले कास्कीकोटको ऐतिहासिक पृष्ठभूमिलाई बर्तमानमा चरितार्थ पारी कश्यप तपोभुमिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान तपस्वी गुरुहरुले दिएकोमा धन्यवाद ज्ञापन गरे ।
पूर्व वडा अध्यक्ष ओम सुवेदीले संजालका गतिविधिको मुक्तकण्ठले प्रशंसा गर्दै कश्यप तपोभूमि सँगै छिट्टै बन्न लागेको नेपाल वृन्दावन धामले कास्कीकोटको मुहार फेर्ने कुरामा जोड दिए ।
कार्यक्रममा सञ्जालका सल्लाहकार रामप्रसाद शर्मा, पूर्व संयोजक हेम सुवेदी, गुप्तकालिका धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठी, कश्यप तपोभूमि क्षेत्र समितिका अध्यक्ष आनन्द प्रसाद अधिकारीले कश्यप तपोभुमि र संजालका गतिविधि बारेमा बेलेका थिए ।
सञ्जालका संयोजक विशाल तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन व्यवस्थापन संयोजक तीर्थराज अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’