लमजुङका कृष्णप्रसाद अधिकारी गण्डकी प्रदेशका मुख्यन्यायाधिवक्ता नियुक्त भएका छन्।
अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम बिहीबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट अधिकारीलाई मुख्य न्यायाधिवक्ता बनाउने निर्णय गरेका थिए ।
नवनियुक्त मुख्य न्यायाधीवक्ता अधिकारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
लमजुङमा एमालेको राजनीति सँगसँगै कानुन व्यवसाय गर्दै आएका अधिकारी लमजुङ बार इकाइमा तीन कार्यकाल अध्यक्ष भएका थिए।
कानुन विषयमा स्नातक गरेका उनले काठमाडौंमा २०५० देखि २०५४ सालसम्म अधिवक्ताका रूपमा काम गरेका थिए। त्यसपछि लमजुङ फर्केर कानुन व्यवसायसँगै एमालेको राजनीति गर्दै आएका थिए।
एमाले लमजुङका निवर्तमान अध्यक्ष रहेका अधिकारी चैत १६ मा भएको जिल्ला अधिवेसनमा फेरि अध्यक्षका उम्मेदवार बनेका थिए। गण्डकीको एमाले राजनीतिमा खगराज पक्षबाट अध्यक्ष उम्मेदवार बनेका अधिकारीलाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षका राजकुमार विष्टले पराजित गरेका थिए।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा अधिकारी वा श्रीकान्त बराललाई मुख्यन्यायाधिवक्ता बनाउनेबारे छलफल भएको बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले बताए।

नेपाली कांग्रेसले खगराज सरकारको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि बराललाई मुद्दा लड्न काठमाडौं पठाइएको चुमानले बताए।
खगराज सरकार बनाउन सत्तारुढ एमाले, माओवादी र सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ले सभामुख कृष्णप्रसाद धिताललाई समेत जोडेको भन्दै कांग्रेसले मंगलबार नै सर्वोच्च अदालतमा कांग्रेसले रिट दायर गरेको थियो।
रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले खगराज सरकारलाई दीर्घकालीन महत्वका कुनै पनि निर्णय नगर्न बुधबार अन्तरिम आदेश दिएको छ।
यसअघि खगराज १ सय ५ दिन मुख्यमन्त्री बन्दा पनि बराललाई मुख्य न्यायाधिवक्ता बनाएका थिए।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर