सानिमा बैंकका ग्राहकलाई पोखराको पद्म नर्सिङ होममा विशेष छुट मिल्ने

सानिमा बैंकका ग्राहकलाई पोखराको पद्म नर्सिङ होममा विशेष छुट मिल्ने

sanima padma

पोखरा । सानिमा बैंक लिमिटेड र पद्म नर्सिङ बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ ।

बैंकका तर्फबाट पोखरा ब्राञ्च मेनेजर पुनित विक्रम राणा र हस्पिटलका तर्फबाट एमडी नरेन्द्र बास्तोलाले सम्झौतापत्रमा हस्ताक्षर गरे । बैंकका रिलेशनशीप मेनेजर आरोग्य गुरागाईं तथा हस्पिटलका एड्मिनिस्ट्रेटिभ हेड  नरेश पौडेल पनि सहभागी थिए ।

सानिमा बैंकका ग्राहकहरुले ओपिडीसहितका सबै शुल्कमा १५ प्रतिशत, औषधिको शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्ने सानिमा बैंकले जनाएको छ।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यले मुलुकका विभिन्न शहरहरूका हस्पिटलमा छुटको व्यवस्था गर्दै बताएको छ। सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds