पोखरा । गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर छुट दिने भएको छ ।
युआरएलको प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखामा युआरएलका सबै सेवामा सेवाग्राहीले ३० प्रतिशत छुट पाउने छन् ।
नयाँ वर्षको अवसरमा वैशाख महिनाभर होलबडीसहित सबै प्रकारका रगत जाँचमा छुट दिइएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए । युआरएलका अरु शाखाले ३० प्रतिशत छुटसहित आवश्यकता अनुसार केही रगत जाँच सित्तैमा गर्ने अफरसमेत सार्वजनिक गरेका छन् ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै अग्रणी ल्याब भएकाले सबै क्षेत्रमा नमुना बन्ने गरी काम गरिरहेको जनाए । उनले सर्वसाधारणलाई सुलभ दरमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउँदै प्रदेशलाई नै रक्त जाँचमा आत्मनिर्भर बनाउने गरी लागिपरेको उल्लेख गरे ।
गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः२०१५ प्राप्त युआरएलले अहिलेसम्म आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी एक सय ६७ वटा स्वास्थ्य शिविर गरिसकेको छ । ती शिविरमार्फत् अहिलेसम्म एक लाख ८० हजारले सित्तैमा सेवा लिइसकेका छन् ।
यसैबीच, घिरिङ पोखरा सम्पर्क मञ्चको आयोजना र युआरएलको प्राविधिक सहयोगमा सोमबार पोखरा–१४, कदम मार्गमा सचेतनासहितको स्वास्थ्य शिविर हुँदै छ । शिविरमा मधुमेह र कोलेस्ट्रोलसम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिइनेछ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह