पोखराको लेकसाइड स्थित एक होटलको झ्यालबाट खसेर युवकको ज्यान गएको छ ।
रौतहट जिल्ला गौर नगरपालिका घर भएका २८ वर्षीय भुवनेश झाको बिहान ७ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखरा वडा नं. ६ लेकसाइड, स्ट्रीट नं. १४ मा रहेको होटल तुलसीको दोस्रो तल्लामा झा बसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले गण्डकन्यूजलाई जानकारी दिए ।
डीएसपी शर्माका अनुसार ६ जनाको टोली मिलेर पोखरा आएका थिए । होटलमा उनीहरूले ३ वटा कोठा लिएका थिए । एक कोठामा झा र अर्का एक साथी सुतेका थिए । ति साथीसहित पाँच जना तथा होटल सञ्चालकसँग प्रहरीले घटनाबारे सोधपुछ गरेको छ ।
होटल सञ्चालकका अनुसार विगत तीन दिनदेखि उनीहरु त्यहाँ बसेका थिए । ६ जनाको टोलीमा तीन युवक र एक युवती गरी ४ जना बंगलादेशी, मृतक झा र अर्का एक नेपाली युवती थिए ।
‘पोखराकै साथीको बिहेमा सहभागी हुन टोली आएर हाम्रो होटलमा बसेका थिए । हिजो बिहे पार्टी रैछ । रातभरी बाहिरै थिए । क्लब गएर आएको भन्ने सुन्या हो । बिहान ७ बजेतिर मात्र होटल आएको सीसीटीभी फुटेजमा देखिन्छ ।’ होटल सञ्चालकले गण्डकन्यूजसँग भने ।
होटलका फ्रण्ट म्यानेजर सञ्जय गुरूङले स्वयं प्रत्यक्षदर्शी रहेको जनाए । उनका अनुसार ६ जना रहेकाले पालैसँग गाडीमा आएका थिए र उनीहरू ड्रन्क थिए ।
माथि उक्लेको १ घण्टा पछि झा झ्यालबाट खसेको होटलका फ्रण्ट म्यानेजर गुरूङले बताए । ‘एक जना खसेपछि हामी माथि जाँदा काेठामा सँगैका साथी बोल्न सक्ने अवस्थामा थिएनन्’ – उनले भने- ‘हामीले तत्काल एम्बुलेन्स पनि बोलायौँ । एम्बुलेन्सले अलिक समय पनि लगाए । प्रहरीलाई खबर गरेका हौँ । प्रहरीले शव बुझेर पोष्टमार्टमका लागि लगिसकेका छन् । मृतकका आफन्तहरु पछि आएका थिए ।’
प्रत्यक्षदर्शी र थप विवरण प्राप्त भएपछि अद्यावधिक गरिएको (समयः २१ः०३ बजे) सं.
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’