कास्कीमा सवारी दुर्घटना: तीन महिनामा १३ जनाको ज्यान गयो

कास्कीमा सवारी दुर्घटना: तीन महिनामा १३ जनाको ज्यान गयो

accident

पोखरा । गत वर्ष २०८० सालको तीन महिनामा कास्कीमा दुर्घटनामा परि १३ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार गत वर्षको माघ, फागुन र चैत महिनामा मात्रै कास्कीमा सवारी दुर्घटनामा परी १३ जनाको ज्यान गएको हो ।

तीन महिनाको अवधिमा १७ सवारी दुर्घटना भएको र सो दुर्घटनामा परी १९ जना घाईते भएको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

सोही अवधिमा २१ हजार एक सया ९२ वटा सवारी साधनमाथि ट्राफिक कारबाही भएको र कारबाहीबाट १ करोड ७७ लाख ९२ हजार राजश्व संकलन भएको प्रहरीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds