पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । वडा भित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको हो । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी कालिका नमुना मावि, कुँडहर आधारभुत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा गरी दुई सय थान स्टेशनरी सामाग्री वितरण गरेको हो ।
जस अन्तर्गत कालिका माविलाई ८५ थान, कुँडहर आधारभुत विद्यालयलाई ६५ थान र पट टासी छ्योएलिङ गुम्बा विद्यालयलाई ५० थान स्टेशनरी प्रदान गरिएको वडा अध्यक्ष रोजेश गुरुङले बताए । पोखरा महानगरभित्र रहेर पनि हाल सम्म कम्प्युटर उपलब्ध नभएको कुँडहर आधारभुत विद्यालयमा यसअघि पाँच सेट कम्प्युटर समेत प्रदान गरिएको वताउदै उक्त सहयोगले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले कम्प्यूटर शिक्षा प्राप्त गर्न सहज हुने उनको भनाइ रहेको थियो ।
उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्यहरु नरदेवी गुरुङ, सुनिमाया नेपाली, परमेश्वर बहादुर कार्की, वडा सचिव दमयन्ती पराजुली, कालिका माविका प्रध्यानाध्यापक बलराम गिरी, कुँडहर आधारभुत विद्यालयका प्रधानाध्यापक नन्दकिशोर बराल, पल टासी छ्योउलिङ गुम्बाका विद्यालयका प्रमुख अनिता गुरुङ, कुँडहर आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सिना, कालिका उच्च माविका विद्यालय ब्यवस्थापन समितिक अध्यक्ष दिपक थापा लगायतको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ