पोखरा फूलबारी स्थित मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ ।
अत्याधुनिक प्रविधिको १.५ को टेस्ला जिई मोडलको एमआरआई मेसिनको कादुरी फाउन्डेसनका प्रतिनिधि कर्णेल एन्ड्रयु माइल्सले उद्घाटन गरे । कर्णेल माइल्सले १५ वर्ष पुरानो एमआरआई मेसिनलाई विस्थापन गर्दै नयाँ मेसिनको प्रयोग गर्नु खुसीको कुरा भएको बताए ।
नेपाली व्यवस्थापनले मनिपाल सञ्चालनमा ल्याएपछि नागरिकको सेवा र सुविधाको लागि पुरानो मेसिनलाई विस्थापित गर्दै एउटै प्रविधिमा महंगो रकम लगानी गरेकोमा मनिपाल पोखरा व्यवस्थापनलाई धन्यवाद समेत दिए ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले बिरामीको उपचारमा सकारात्मक प्रभाव र विश्वासका लागि प्रत्येक विभाग र उपचार पद्धतिमा सुधार भइरहेको बताए ।
टेस्ला १.५ को एमआरआई मेसिनको सहायताले मानिसका शरीरका सबै भाग र अंगको सुक्ष्म अध्ययन गर्न सकिने अस्पतालको रेडियोलोजी विभागका प्रमुख प्राडा प्रकाश शर्माले जानकारी दिए ।
अस्पतालका बायोमेडिकल इन्जिनियर आशिष पराजुली १५ वर्ष पुरानो मेसिनले रोगको पहिचान गर्न समस्या भएकाले यो अत्याधुनिक मेसिन खरिद बताउँछन् ।
उनले यो मेसिन पोखरामै सबैभन्दा अत्याधुनिक र जेन्यून भएको पनि उनको दाबी छ । मुटु, स्तन तथा अन्य कुनै पनि खालको अति गहन एमआरआइका लागि अब मनिपाल सक्षम रहेको पनि पराजुलीको भनाइ छ ।
सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला