पोखरा फूलबारी स्थित मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ ।
अत्याधुनिक प्रविधिको १.५ को टेस्ला जिई मोडलको एमआरआई मेसिनको कादुरी फाउन्डेसनका प्रतिनिधि कर्णेल एन्ड्रयु माइल्सले उद्घाटन गरे । कर्णेल माइल्सले १५ वर्ष पुरानो एमआरआई मेसिनलाई विस्थापन गर्दै नयाँ मेसिनको प्रयोग गर्नु खुसीको कुरा भएको बताए ।
नेपाली व्यवस्थापनले मनिपाल सञ्चालनमा ल्याएपछि नागरिकको सेवा र सुविधाको लागि पुरानो मेसिनलाई विस्थापित गर्दै एउटै प्रविधिमा महंगो रकम लगानी गरेकोमा मनिपाल पोखरा व्यवस्थापनलाई धन्यवाद समेत दिए ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले बिरामीको उपचारमा सकारात्मक प्रभाव र विश्वासका लागि प्रत्येक विभाग र उपचार पद्धतिमा सुधार भइरहेको बताए ।
टेस्ला १.५ को एमआरआई मेसिनको सहायताले मानिसका शरीरका सबै भाग र अंगको सुक्ष्म अध्ययन गर्न सकिने अस्पतालको रेडियोलोजी विभागका प्रमुख प्राडा प्रकाश शर्माले जानकारी दिए ।
अस्पतालका बायोमेडिकल इन्जिनियर आशिष पराजुली १५ वर्ष पुरानो मेसिनले रोगको पहिचान गर्न समस्या भएकाले यो अत्याधुनिक मेसिन खरिद बताउँछन् ।
उनले यो मेसिन पोखरामै सबैभन्दा अत्याधुनिक र जेन्यून भएको पनि उनको दाबी छ । मुटु, स्तन तथा अन्य कुनै पनि खालको अति गहन एमआरआइका लागि अब मनिपाल सक्षम रहेको पनि पराजुलीको भनाइ छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’