पोखराका राजु आचार्यले विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार प्राप्त गरेका छन् । बेलायती राजकुमारी एनले लन्डनको बुधबार एक कार्यक्रममा आचार्यलाई उक्त पुरस्कार हस्तान्तरण गरिन् । यो पुरस्कार संरक्षण र हरित क्षेत्रको ओस्कार सरह मानिन्छ । पुरस्कारको राशि ५० हजार पाउन्ड छ ।
आचार्य लाटोकोसेरो संरक्षण सक्रिय छन् । आचार्यसँगै विश्वभरका ६ जनाले यो पुरस्कार पाएका छन् । यो वर्ष आचार्यसहित ब्राजिल, भुटान, पपुवा न्युगिनी, क्यामरुन र गुयानाका संरक्षणकर्मीहरूले पनि सो पुरस्कार प्राप्त गरेका छन् ।
पुरस्कार पाएपछि आचार्यले भनेका छन्– ’मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । यो पुरस्कार ती सबै चराको लागि समर्पित छ जो दुर्लभ नभएकै कारण अनुसन्धान र संरक्षणकर्मीको आँखामा परेका छैनन् । बिनास्वार्थ लाटोकोसेरो संरक्षण अभियानमा जोडिएका सबैलाई मुरीमुरी धन्यवाद ।’
‘प्रकृतिका साथीहरू’ संस्थाको कार्यकारी निर्देशक समेत रहेका आचार्यले ३५ वर्षदेखि वन्यजन्तुको अध्ययन र संरक्षणमा योगदान गरेका छन् । १६ वर्षदेखि उनी लाटोकोसेरोको काममा बढी सक्रिय छन् ।
सो पुरस्कार आचार्यले गण्डकी प्रदेशमा प्रस्ताव गरेको लाटोकोसेरोको संरक्षणको काममा खर्च गने बताएका छन् । नेपाल सरकारले बनाएको १० बर्से ‘लाटोकोसेरो संरक्षण कार्य योजना’ले तोकेको कार्यहरूमा सो रकम खर्च हुनेछ ।
सो कार्यक्रमअन्तर्गत गुलेली नियन्त्रण, बुढा रुखको संरक्षण, कृत्रिम गुँडको वितरण तथा लाटोकोसेरोको अबैध चोरी सिकारी नियन्त्रण आदि छ । यो काम गर्न उनको समूहमा सोम जिसी र सुमन सापकोटा समेत छन् ।
आचार्यका लाटोकोसेरोसम्बन्धी ५ वटा पुस्तकहरू प्रकाशित छन् । नेपालबाट विद्युतीय रूपमा प्रकाशित हुने लाटोकोसेरोसम्बन्धी पत्रिका ‘हाप्सिलो’ का सम्पादक समेत हुन् आचार्य । यसका साथै उनका १२५ भन्दा बढी प्रकृतिसम्बन्धि फिचर लेखहरू प्रकाशित छन् ।
‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ पनि आचार्यकै नेतृत्वमा ११ वर्षदेखि सञ्चालन हुँदै आएको छ । आचार्यले ब्वाँसो, जंगली चौँरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, साना मांसाहारी, गिद्ध, कालिज, मानव–वन्य जन्तु द्वन्द्व, जैविक विविधता अभिलेखीकरण, वन कार्बन, समुदायमा आधारित प्रकृति संरक्षण, हरित विद्यालय आदि क्षेत्रमा पनि काम गरेका छन् ।
सम्बन्धित खबर
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
सबै म्यानपावरले जापानमा कामदार पठाउन पाउने
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह