पोखरा । सहारा बाल आधारभूत विद्यालयलाई पोखरा १७ विरौटाका समाजसेवी सुवेदारनी धन कुमारी गुरुङले ४३ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् । नर्सरीमा पढ्ने बालबालिकालाई प्रविधीमैत्रीरुपमा अध्यापनगर्न सहज हुने हेतुले टेलिभिजन सहयोग गरिएको गुरुङले बताइन् ।
गुरुङले विद्यार्थीको उज्वल भविष्यको कामना सहित आशिर्वाद दिएकी थिइन् । । गुरूङ सञ्चारकर्मी, व्यवसायी सपना गुरुङकी आमा हुन् । पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
वडाध्यक्ष मर्सानीले विद्यालयको शैक्षिक एवम् भौतिक अवस्थाको बारेमा चासो राख्दै गुरुङ परिवारलाई धन्यवाद दिए ।

साथै सो विद्यालयको नर्सरी कक्षा र बैठक कक्षमा कार्पेट वडा कार्यलयले व्यवस्था गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले सम्पूर्ण दाताहरुको सहयोगले विद्यालय अझ माथि पुग्ने धारणा राखे ।
कार्यक्रममा वडा सदस्य नन्दराम गिरी, पत्रकार एवम् विद्यालयका अक्षयकोष दाता सुदर्शन रञ्जित, सपना गुरुङ, विद्यालय व्यस्थापन समिति सल्लाहकार विष्णु सुवेदीको उपस्थिति थियो । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक सुदिप कोइरालाले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह