पोखरामा बियर खुवाएर एक महिलामाथि सामूहिक बलात्कार भएको छ।
पोखराको अमरसिंहचौरमा कास्कीको मादी निवासी ३ जनाले एक महिलालाई बियर खुवाएर सामूहिक बलात्कार गरेका हुन्।
काठमाडौंबाट पोखरा आएकी ती महिलालाई मादी गाउँपालिका वडा नम्बर-९ घर भई पोखरा-१० अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी गाउँपालिका-१२ भगवतीटार निवासी २९ वर्षीय विनोद परियार र मादी गाउँपालिका-१२ भगवतीटार निवासी ३८ वर्षीय कृष्ण रानाभाटले सामूहिक बलात्कार गरेको कास्की प्रहरीले जनाएको छ।
उनीहरुले ती महिलालाई सुरुमा पोखरा अमरसिंहचौरमा रोकि राखेको ग १ ख ६५९५ नम्बरको बसमा लगेर ललाइफकाइ बियर खुवाएको प्रहरीको भनाई छ। त्यसपछि पालैपालो करणी गरेको प्रहरीले बताएको छ।
बलात्कार आरोप लागेका ३ जनालाई नै कास्की प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई बिहान ४ बजेको समयमा बलात्कार गरिरहेको अवस्थामा प्रहरीको सिआरभी टोलीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले जानकारी दिए।
‘बसमा शंका लागेर खानतलासी गरेका रहेछन् प्रहरी साथीहरुले’, डिएसपी शर्माले भने, ‘बसभित्र हेर्दा महिलालाई नाङ्गै देखेपछि केरकार गर्दा सामूहिक बलात्कार भन्ने खुल्यो।’
उनीहरुलाई सिआरभी टोलीले तत्कालै नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय रामबजारलाई बुझाएको शर्माले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराई सामूहिक जबरजस्ती करणी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी शर्माले बताए।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’