पोखरा लेकसाइडस्थित एक टुर्स एन्ड ट्राभल्समा गत २० वैशाखमा फोन आयो । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्ने एक अपरिचित व्यक्तिको स्वरमा उस्तै फूर्तिफार्ती थियो ।
मुख्यमन्त्रीको मान्छे भनिसकेपछि के काम पर्यो ? भन्नै पर्यो । ती व्यक्तिले ट्राभलस सञ्चालकलाई पोखरा–काठमाडौं र काठमाडौं–नेपालगञ्जको टिकट बुक गरिदिन लगाए । र, टिकटवापत रकम क्युआर कोड मार्फत पठाइदिने आश्वासन दिए ।
मुख्यमन्त्रीको पिए नै भनेपछि ट्राभल्सले पनि दुईतर्फी टिकट काटिदियो । तर, रकम आएन । पछि ट्राभल्सले ठगिएको महसुस गरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । उजुरीपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली ती व्यक्ति खोज्न सुरु ग¥यो । अन्ततः मंगलबार मुख्यमन्त्रीको पिए हुँ भन्नेलाई प्रहरीले पक्राउ गर्न सफल भयो ।
उनी पोखरा ३१ बस्ने २८ वर्षीय सुवास सुवेदी हुन् । बिहीबार पत्रकार सम्मेलनमा प्रहरीका अनुसार सुवेदीलाई काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको हो । उनीविरुद्ध २ ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी समेत परेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताए ।
उनलाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी शर्माले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ