नेपाल राष्ट्रिय शिक्षक संगठन, राष्ट्रिय समितिको परिकल्पनाअनुरूप देशैभर अभियानका रूपमा सञ्चालित एमएलएल (MARCH To LOCAL LEVEL) लाई पोखरा महानगर समितिले एक कार्यक्रम गरी कार्यान्वयनको चरणमा लगेको छ ।
देशकै ठुलो स्थानीय तह पोखरा महानगरमा क्रियाशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले समितिका सल्लाहकार, पदाधिकारीसहित सदस्य तथा सम्पूर्ण वडा इन्चार्जहरूलाई विशेष कार्यक्रमको आयोजना गरी प्रशिक्षित गर्नुका साथै कार्यशाला सम्पन्न गरेको हो ।
गणतन्त्र स्थापना भई देश संघीय संरचनामा प्रवेश गरेसँगै स्थानीय तहमा आफ्नो सङ्गठन सुदृढीकरणसहित शिक्षामा गुणस्तरीयता वृद्धि गर्ने लक्ष्य राखी शिक्षक सङ्गठनले देशैभर केन्द्र, प्रदेश हुँदै हाल ७५३ वटै स्थानीय तहमा एकसाथ व्यापकरूपमा कार्यक्रम गरिरहेको छ ।
उक्त कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्त्वका रूपमा जिल्ला समिति कास्कीका अध्यक्ष तिर्थराज ढकालले देशको वर्तमान शिक्षा तथा सङ्गठनको समसामयिक अवस्थाको जानकारी गराउँदै नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए ।
अर्का विशेष वक्ताका रूपमा पेशागत महासंघ कास्कीका अध्यक्ष तथा नेराशिसं, गण्डकी प्रदेश समितिका सल्लाहकार जगन्नाथ अधिकारीले सङ्गठनमा आबद्ध शिक्षक रचनात्मक, कर्मठ, अध्ययनशील बनी विद्यार्थी र अभिभावकको प्रिय हुनुपर्नेमा जोड दिए ।

नेराशिसं, पोखरा महानगरसमितिका अध्यक्ष याम नारायण लामिछानेको अध्यक्षतामा प्रशिक्षण र कार्यशाला गरी दुई सत्रमा सञ्चालित कार्यक्रममा शिक्षक हित वचत तथा ऋण सहकारी जिल्ला अध्यक्ष वसन्धरा पौडेल, सङ्गठन जिल्ला उपाध्यक्ष देवी केसी र सल्लाहकार विष्णु पौडेलले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए ।
गतहप्ता मात्र नेराशिसं, राष्ट्रिय समितिका महासचिव हंस शाहीको प्रमुख आतिथ्यमा जिल्लासमिति कास्कीले एमएलएल (MARCH TO LOCAL LEVEL) विशेष अभियानका रूपमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
आज एकै समयमा कास्कीका सम्पूर्ण स्थानीय तहले त्यसैको निरन्तरास्वरूप अभियानलाई मूर्त रूप दिएका हुन् । प्रदेश तथा जिल्लाका प्रतिनिधिलाई साक्षी राखेर समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूका विच बनाइएको योजनाले तोकिएको समयमा योजना सम्पन्न हुने गरी वडासम्म कार्यक्रम विस्तार गरेको छ ।
पोखरा महानगरसमितिका सचिव नेपाल प्रकाश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शकुन्तला सोतीले स्वागत गरेकी थिइन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ