‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध

स्वाद पनि, स्वस्थ पनि

‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध

अतिरिक्त चिनी नरहेकाले सुगर बिरामी र गुलियो कम खानेलाई असाध्यै उपयोगी

Safal Dahi

यहाँको उत्कृष्ट ब्राण्ड सुजल डेरीको सफल सादा दही पोखरा बजारमा उपभोक्ताको लागि उपलब्ध भएको छ।

कम्पनीका अनुसार सफल सादा दही चिनी रहित छ, जुन प्रशोधित दूधबाट नवीनतम होमोजेनाइजेसन र पाश्चराइजेशन प्रविधिबाट उत्पादन गरिन्छ। सफल सादा दहीमा ल्यटिक कल्चरको प्रयोग गरी बाक्लो र क्रिमयुक्त बनाइने भएकाले क्रिमि र टेस्टी हुने कम्पनीको ठहर छ ।

सफल सादा दही स्वस्थ र पौष्टिकताले भरिपूर्ण रहेको र यसमा कुनै अतिरिक्त चिनी नरहेको कम्पनीले जनाएको छ ।

सफल सादा दही नियमित उपभोक्ता, स्वास्थ सचेत व्यक्तिहरू, मधुमेह रोगी र गुलियो कम मनपराउने व्यक्तिहरुका लागी असाध्यै उपयोगी छ ।

कम्पनीले विज्ञप्तिमार्फत् भनेको छ – ‘सफल सादा दहीले पाचन शक्ति बढाउँछ, रगतमा चिनीको मात्रा कायम राख्छ र सङसँगै वजनलाई पनि सन्तुलित राख्न मदत पुराउँछ।’

सफल सादा दहीबाट नेपाली संस्कृतिमा प्रचलित स्वादिष्ट परिकारहरू जस्तै लस्सी, चुकौनी, सिर्कनी, राइता बनाउन सकिन्छ । सफल सादा दहि स्वस्थ र टेस्टी भएकाले यसको सेवन गरी आनन्द लिन सकिन्छ ।

सफल सादा दही बजारमा आधा लिटर पाउचको ८५ रुपैंया, आधा लिटर (टब) १०० रुपैंया र १ लिटर टबको १९० मा उपलब्ध छ ।

सफल सादा दहीले पोखराका उपभोक्ताको सादा दहीको आवश्यकतालाई पूर्णरूपमा पूरा गर्छ भन्ने कुरामा कम्पनी विश्वस्त रहेको सुजल डेरीले जनाएको छ ।

सम्बन्धित समाचारः

सुजल डेरीको ‘सफल ह्याप्पी गाईको शुद्ध दूध’ बजारमा

सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’

सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा

पोखराको बजारमा सुजलको ‘सफल दही’ २ दशकदेखि निरन्तर

सुजल फूड्सको ‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा

‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ