पोखरा । नेपाल ज्योतिष परिषद् जिल्लाकार्य समिति कास्कीको ८ औं अधिवेशनबाट रामजीप्रसाद आचार्य अध्यक्षमा निर्वाचित भएको छन् ।
जसमा उपाध्यक्षमा रामेश्वर अधिकारी, धना शर्मा, कृष्ण प्रसाद दाहाल, सचिवमा गौरव ढुङ्गाना, कोषाध्यक्षमा रेशम ढकाल, सह-कोषअध्यक्षमा नारायण परियार, सह-सचिवमा सोमनाथ त्रिपाठी, हिरामणी पौडेल र सदस्यहरू रामप्रसाद नेपाल, शालिग्राम अधिकारी, हिमाल तिमिल्सिना, सूर्य गौतम निर्वाचित भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल ज्योतिष परिषद् केन्द्रीय उपाध्यक्ष प्रेम कुमारी गुरुङ्ले ज्योतिष विद्या मनुष्यको तेस्रो नेत्र भएको भन्दै यसलाई ज्योतिषीहरुले कमाइको रुपमा मात्र नलिईकन समाजमा भएका ज्योतिष सम्बन्धी सकारात्मक/नकारात्मक कुराहरुलाई प्रष्ट्याउदै अगाडी बढ्नुपर्नेमा जोड दिँदै यसरी धर्म र संस्कृतिको संरक्षण सँगै पञ्चाङ्ग सहितको भित्ते पात्रो प्रकाशित गरिनु निकै प्रशंसनीय काम रहेको बताए ।
नेपाल ज्योतिष परिषद केन्द्रीय उप महासचिव लिलाराज शर्माले ज्योतिष विज्ञानलाई आधुनिक विज्ञानसंग तुलना गरि समाजमा लैजानुपर्नेमा जोड दिएका थिए ।
शिवदत्त रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचित अधिकृत लीलाराज शर्मा, निर्वाचन सचिव वासुदेव सुवेदी, निर्वाचन सदस्य मोहराज ढकाल रहेका थिए । नेपाल ज्योतिष परिषद् केन्द्रिय सदस्य वासुदेव सुवेदी, नेपाल ज्योतिष परिषद् गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद कोइरालालगायतका वक्ताले आ-आफ्नो धारणा राखेका थिए ।
ज्योतिष क्षेत्रमा महत्वपूर्ण योगदान गरेका हिरा कश्यप शास्त्री र भिम प्रसाद कुइकेललाई परिषद्ले सम्पन्न गरेको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य परिषद्कीमा उपाध्यक्ष रामेश्वर अधिकारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गौरव ढुङ्गानाले प्रस्तुत गरे भने कार्यक्रमको सञ्चालन रामजीप्रसाद आचार्यले गरेका थिए छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर