यहाँका जलविद्युत आयोजनाहरुले खोलामा कमिला हिँड्ने गरी पानी निमिट्यान्न पार्दा वातावरणमा प्रतिकूल प्रभाव पारेकाले गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले पुनः हाइड्रो सञ्चालकलाई पत्राचार गरेको छ ।
उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बेद बहादुर गुरुङ ‘श्याम’ ले यसअघि मन्त्री हुँदा पठाएको पत्रानुसार काम नभएकाले उक्त विषय पुनः स्मरण गराउँदै आवश्यक पानीको वहावको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
जलविद्युत विकास नीति २०५८ अनुसार नदी, खोलाको न्यूनतम मासिक औसत बहावको कम्तीमा १० प्रतिशत वा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदनबाट देखिएको आवश्यक मात्राको पानी नदी, खोलामा छोड्नुपर्ने व्यवस्था छ । तर, अधिकांश जलविद्युत आयोजनाले नियम पालना गरेका छैनन् ।
तल्लो तटीय क्षेत्रमा कमिला नै हिँड्ने गरी पानी सुकाउँदा जलचर नष्ट मात्र भएका छैनन्, यही पानीबाट सिञ्चाई हुने ठाउँमा खेत बाँझो हुने अवस्थामा पुगेका छन् । खोलामा पानी नहुँदा जंगली जनावर, चरनमा लगेका बस्तुभाउसमेत पानी खान वञ्चित भएका छन् ।
आधा दर्जन बढी जलविद्युत आयोजना सञ्चालन भएको कास्कीको मादीखोला प्रत्यक्ष मारमा परेपछि स्थानीयले गुनासो गरेका छन् । मादी गाउँपालिकाका पूर्व अध्यक्ष गुरुङ आफै भुक्तभोगी भएको र अध्यक्षको कार्यकालमा पनि यसबारे आवाज उठाएकाले अहिले सोहि मन्त्रालयको नेतृत्व लिँदा उनी यो नियम पालना गराउन तात्तिएका हुन् ।
जलविद्युत योजना स्थानीय तहसँग समन्वय नगरी सिधै माथि (संघीय सरकार)बाटै अनुमति र सम्झौता हुनेहुँदा स्थानीय तह मुकदर्शक भएर बस्न बाध्य छ । मन्त्री गुरुङले यसअघिकै कार्यकालमा आफूले पत्राचार गरेर नियमानुसार गर्नु भनेपनि जलविद्युत आयोजनाले नटेरेको बताउँछन् ।
‘यसअघि ठ्याक्कै ३ महिना अघि फागुनमा नै ताकेता गरेको थिएँ । मन्त्रालयबाट सबै आयोजनालाई परिपत्र गरेको हूँ । कार्यान्वयन गर्नेबेला सरकारबाट बाहिरिनुपरिहाल्यो, त्यसपछि उनीहरुले वास्ता गरेको पाइएन । अहिले पनि त्यही मिति स्मरण गराउँदै मन्त्रालयमार्फत् पत्र काटिएको छ । नमाने एक्सनमा उत्रनुको विकल्प छैन ।’ मन्त्री गुरुङले भने ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर