बागलुङको दुई विद्यालयका विद्यार्थीलाई झोलासहितको शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर र वडा नं. १४ नारायणस्थानमा रहेका विद्यायलहरुमा विद्यालय झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
हेल्प नेपालले प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीको अनुरोधमा नियमित प्रयोगमा आउने सरसफाइका सामाग्री साथै स्टेसनरी सामाग्री र झोला आधारभूत विद्यालययका ५९ र पृथ्वी हिरण्य माविका १४० जना विद्यार्थीलाई सौजन्य गरेको हो ।
प्रदेशसभा सदस्य सुवेदीले भौतिक विकाससँगै मानवीय विकास आवश्यक भएको र मानवीय विकासको जग विद्यार्थीहरु भएकाले उनीहरुको पढाइ, संस्कारमा मेहनत गर्नुपर्ने भएकाले यो कार्यक्रममा हातेमालो गरेको बताए । साथै, आगामी दिनमा आफ्नो क्षेत्रका अन्य विद्यालयमा यो कार्यक्रम जोड्दै जाने पनि सुवेदीले बताए ।
हेल्प नेपालका निर्देशक जिम्मी लामाले विद्यार्थीहरुको सरसफाइ र शिक्षाको लागि सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम गरेको बताए ।
आधारभूत विद्यालयका ओमबहादुर केसीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा शिक्षक अशोक सुवेदीले संचालन गरेका थिए । पृथ्वी हिरण्य माविमा मन बहादुर खत्रीको अध्यक्षता र शिक्षक सुनिल आचार्यको संचालनमा कार्यक्रम भएको थियो।
दुवै विद्यालयमा अभिभावक विद्यार्थी, शिक्षकहरुले यो कार्यक्रमले विद्यार्थीहरुलाई हौसला मिल्ने र अध्ययनमा सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरेका थिए ।

सम्बन्धित खबर
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’