राष्ट्रिय युवा संघ नेपाल कास्कीको संयोजकको जिम्मेवारी उपाध्यक्ष शंकर पौडेललाई प्रदान गरिएको छ । संघ कास्कीको ११ औं जिल्ला अधिवेशन २०८० माघ १२ गते उद्घाटन सत्र अन्त्य भई नेतृत्व चयनको प्रक्रिया सुरु भएपछि प्रतिनिधिको विषयमा विवाद उत्पन्न भई अधिवेशनको बन्द-सत्र स्थगित भएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल, केन्द्रीय पदाधिकारी बैठक २०८१ वैशाख ३१ गते सोमबार बसेको बैठकले निर्णय बमोजिम कास्की जस्तो महत्वपूर्ण जिल्लामा संगठनको कमिटीलाई निष्कृय राख्न नसकिने र कमिटीलाई नियमित काममा फर्काउनु पर्ने परिस्थितिको मूल्याङ्कन गर्दै जिल्ला कमिटी कास्कीको काम व्यवस्थापन गर्नका लागि तत्कालीन कमिटीका उपाध्यक्ष शंकर पौडेलको संयोजकत्वमा जिल्लाका ५ पालिका कमिटी अध्यक्षहरू सहित ३ निर्वाचन क्षेत्रवाट १/१ जना महिलाको ३३ प्रतिशत महिला सहभागिता अनिवार्य बनाई प्रतिनिधित्व रहने गरी ९ सदस्यीय आयोजक कमिटी बनेको छ ।
पत्रको मिति अनुसार ३ महिनाभित्र सम्मेलन सम्पन्न गर्न केन्द्रिय कमिटीले निर्देशन गरेको छ । केन्द्रीय पदाधिकारीको बैठकको निर्णय कार्यान्वयन गर्न गराउन संगठनका सम्पूर्ण नेता कार्यकर्ताहरुमा निर्देशन गरिएको छ ।
अधिवेशन सम्पन्न गर्नका लागि पालिकाका अध्यक्षहरू आयोजक कमिटी सदस्य रहने छन् । पोखरा महानगरपालिकामा प्रदिप गुरुङ, मादी गाउँपालिकामा उमेश गुरुङ, रुपा गाउँपालिका सुजन श्रेष्ठ, माच्छापुछे गाउँपालिकामा दल बहादुर लामिछाने, अन्नपूर्ण गाउँपालिकामा शिव सुवेदी, महिला सदस्यहरुमा निर्वाचन क्षेत्र नं. १ मा करिया बराल, निर्वाचन क्षेत्र नं. २ मा रिना थापा, निर्वाचन क्षेत्र नं. ३ मा सुवानी पौडेल लाई जिल्लाको आयोजक कमिटी सदस्य रहने महासचिव सुमन पुरीद्वारा हस्ताक्षर भएको केन्द्रको पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ