पोखरा । नेपाली भाषा शिक्षक परिषद्,कास्की, नेपालले शनिबार प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यशाला आयोजना गरेको छ ।
कार्यशालामा मावि तहमा डा. बोधराज ढकाल र डा. यामनाथ तिमिल्सिना, आधारभूत तह (६-८)मा डोलराज अर्याल र शिवहरि सुवेदी र आधारभूत तह (४-५)मा माधवशरण उपाध्याय र लोकचन्द्र खनालले नेपाली भाषाका शिक्षकहरूलाई प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण सिपबारे सहजीकरण गरे ।
समारोहमा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटाले भाषा जोगाउने दायित्व शिक्षकहरुको काँधमा रहेको जनाए । ‘नेपाली भाषामाथि चौतर्फी आक्रमण भएको अवस्थामा हामी संवेदनशील हुनुपर्छ । विद्यार्थीमा नेपाली भाषाप्रति मोह जोगाउन आवश्यक छ,’ उनले भने । कार्यालयले गर्नुपर्ने काम भाषा परिषद्ले गरेको भन्दै उनले धन्यवाद दिए ।
मदरल्यान्ड माविका प्रधानाध्यापक नारायण बरालले प्रश्नपत्रको निर्माण स्तरीय हुनुपर्ने र प्रश्नहरुले विद्यार्थीको स्तर र भाषाको ज्ञान बढाउन सघाउनुपर्नेमा जोड दिए । आयोजक परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले नेपाली भाषा बचाउने मुख्य दायित्व नेपाली शिक्षकहरुकै रहेको औंल्याउँदै त्यस कार्यमा उच्च मनोबलका साथ लाग्न आग्रह गरे ।
संस्था महासचिव एवं कार्यक्रम संयोजक शिवहरि सुवेदीले विगतमा गरेका कार्यशालाका प्रभावकारिताको अनुभवका आधारमा शिक्षककै मागका आधारमा कार्यक्रम राखिएको जनाए ।
कार्यशालाका सहभागी रेन्बो एकेडेमी होम्स माविका नेपाली शिक्षकद्वय दुर्गा थापा र स्मिता खाँडले यस्ता कार्यशाला प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणलाई सहज बनाउने अपेक्षा सुनाए ।
प्रतिभा माविका शिक्षकद्वय अमृता गुरुङ र अमृता जिसीले कार्यशालाले शिक्षण र पेसाप्रति थप जिम्मेवार बनाएको उल्लेख गरे । कार्यक्रममा १५० भन्दा बढी विद्यालयका २५० भन्दा बढी नेपाली भाषाका शिक्षकशिक्षिकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल गणित समाज शिक्षा परिषद् गण्डकी प्रदेश अध्यक्ष डा.त्रिभुवन शर्मा, परिषद्का वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’