पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसँग सुदूरपश्चिम प्रदेशसभाका पूर्व सभामुख अर्जुनबहादुर थापासहितको ३५ सदस्यीय टोलीले आज पोखरामा भेट गरेको छ ।
कैलाली, धनगढी–८ स्थित सुर्मा साइपाल बचत तथा ऋण सहकारी संस्थाको भ्रमण टोलीमा सहभागी पूर्वसभामुख थापासहितको टोलीले पोखरा स्थित प्रदेश प्रमुखको निवासमा भेट गरी गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएकोमा हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
उक्त अवसरमा सहकारीका अध्यक्ष मदनराज रेग्मीलगायतले मायाको चिनो र खादा ओढाई सम्मान तथा शुभकामना प्रकट गरे । रेग्मीले सुदूरपश्चिमका सबैभन्दा अग्रज नेतालाई पार्टीले कदर गरेर ठूलो पदमा आसिन गराउँदा सुदूरकै सम्मानका रुपमा आफूहरुले लिएको बताए ।

प्रदेश प्रमुख भट्टले गृहप्रदेश सुदूरको टोलीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै सम्मान तथा शुभकामनाका लागि आभार व्यक्त गरे । उनले आफू पार्टीबाट माथि उठेर साझा व्यक्तित्वका रुपमा जिम्मेवारी बहन गरिरहेको उल्लेख गर्दैै यसअघि विवादमा पार्ने कोसिस गरिएपनि सर्वोच्चले आफ्नो काम विधिकानुन बाहिर नरहेको प्रमाणित गरेको बताए ।
सुदूरपश्चिमका पूर्व सभामुख थापाले प्रदेश प्रमुख प्रदेशकै अभिभावक भएको भन्दै सुदूरपश्चिमका त्यागी, सादगी र जीवनभर क्रियाशील व्यक्तित्वलाई अभिभावकका रुपमा पाउने गण्डकीबासी भाग्यमानी रहेको बताए । उनले सभामुख पदमा रहेर जिम्मेवारी निर्वाह गर्दा प्रदेशप्रमुखको भूमिकालाई राम्रोसँग बुझेको बताउँदै सोचअनुसारकै व्यक्तित्व अहिले गण्डकीले पाएको उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन सल्लाहकार समिति सदस्य हरिकृष्ण कडायतले गरेका थिए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ