समयले कुनै बेला प्रश्न गर्यो, के गर्न सक्छस् ? मैले समयलाई एक सलाम ठोकेँ र भनेँ, जिन्दगीको सबै परीक्षा दिन तयार छु । फेरि हाँस्दै सोध्यो, हारिस् भने…..?
बडो दम्भका साथ भनेँ, भुइँबाट उठेको मान्छे हुँ, त्यसैले मेरा लागि हार र जीतले खासै प्रवाह राख्दैन । जे आइलाग्छ, त्यही स्वीकार्य छ ।
प्रदीप गुरागाइँले आफ्नै जिन्दगीसँग गरेको संवाद हो । आफूले बाँचेको समयसँग गरेको संवाद हो । सर्लाहीको माटोमा जन्मिएर यही देशको सेवामा लागेका गुरागाईंले अहिले जिन्दगीका ४० शिशिरहरु बिताइसकेका छन् ।
मान्छे समयको साधक हो । समय मान्छेको निर्देशक हो । मान्छेले आफूलाई समयानुकूलित बनाउन सक्यो भने मात्र सफलताको सिँढी चढ्न सक्छ । गुरागाईंको जीवनको आरोह अवरोध पनि सामान्य छैन । उनी के बन्न चाहे, के बने ? अहिले व्याख्या गर्न सक्दैनन् । मधेशको माटोमा जन्मिएर स्वदेशको सेवामा आफूलाई सुम्पेका उनले आफूलाई जहिल्यै सङ्घर्षको बाटोमा हिँडाइरहे ।
सहज थिएन, तराईमा जन्मिएर हुर्कनका लागि नेपालमा । त्यसमाथि अहिलेको मधेश प्रदेश । पारिवारिक हिसाबले पनि उनले सानै उमेरमा जागिर खानुपर्ने बाध्यता थियो । उनले जागिर खानकै लागि नेपाली सेनामा भर्ती भए । माओवादीको सशस्त्र युद्ध चलिरहेकै थियो त्यतिबेला । त्यस्तो बेलामा सैन्य जिन्दगी बिताउनु भनेको मृत्युलाई हत्केलामा बोकेर हिँड्नु हो । उनले मृत्युको पर्वाह गरेनन् र सेनामा आफूलाई सुम्पिए ।
नेपाली सेनामा रहेर काम गरेका गुरागाईँले साँढे १९ वर्षसम्म आफूलाई देशको सेवामा समर्पण गरे ।
उनले जागिर खानकै लागि १८ वर्षको कलिलो उमेरमै सिपाही भएर नेपाली सेनामा भर्ती भए। आफ्नो जिन्दगीको करिब दुई दशक देशको सेवामा सुम्पिसक्दा पनि उनी थाकेका छैनन् । अहिले एसएस एकेडेमीबाट गुरागाईंले देशमै युवा टिकाउने अनवरत संघर्ष गर्दैछन् ।

के हो एस एस एकेडेमी ?
कलिला युवा जनशक्ति जो देशका मानव संसाधन हुन् । उनिहरुले नै देशमा भविष्य देख्न छोडेपछि देश प्रगति हुने त कुरै भएन। यसै सन्दर्भमा एस एस एकेडेमीको स्थापना भयो।
एस एस एकेडेमीले भविष्य खोज्दाखोज्दै रूमलिरहेका युवाहरुलाई बाटो देखाउने मार्ग दर्शक बनेर काम गरिरहेको छ।
विदेशिने लर्कोलाई केहि हद भए पनि देशमै थेग्न सके अब सक्षम देश बनाउने नीति निर्माता तय गर्न सकिन्छ।
त्यसको लागि एस एस एकेडेमीमा सैन्य क्षेत्रका सम्पूर्ण तयारी कक्षाहरु सञ्चालन गरिन्छ। अधिकृत क्याडेट, प्राविधिक अधिकृत, लेखा उप सेनानी, लेखा जमदार, अमल्दार कर्मचारी, प्रा.अ.म मेडिकल पदिक तथा बिल्लादार लगायतका सैन्य जवानको ढोका सम्म पुग्ने सारथी हो एस एस एकेडेमी।
विदेशी सपना देख्नेहरुको भिडमा हुने त्यही बागबजारमा अहिले देशमै केहि गर्छु भन्नेहरुको भीड देखिने ठाउँ बनेको छ।
यहाँको पारिवारिक वातावरणले गर्दा पनि १२ कक्षा पार गरेपछि नै अफिसर क्याडेट बन्ने सपना बोकेर आएका पारखीहरु सफल हुने गरेका छन् ।
करिव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस एकेडेमीले विद्यार्थीहरुको मात्रै होइन उनीहरुका परिवारको समेत अनुहार उज्यालो बनाउन सफल भएको छ।
हाल यस एकेडेमीमा सैन्य क्षेत्रका सम्पूर्ण विषयहरु जस्तै, नेपाली सेनातर्फ अधिकृत क्याडेटको साथै, लेखा उपसेनानी, प्राविधिक उपसेनानी, जमदार कर्मचारी, अमल्दार कर्मचारी र सैन्य त्यसैगरी नेपाल प्रहरी तर्फ इन्स्पेक्टर, एएसआई, प्रहरी जवान एवं राष्ट्रिय अनुसन्धान तर्फ अनुसन्धान अधिकृत र अनुसन्धान सूचकका लागि तयारी कक्षाहरु सँगसँगै दैनिक फिजिकल एक्सरसाइज र मक टेस्टहरु पनि गराइन्छ ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु