पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ का जनप्रतिनिधिले आफूहरू निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा संस्था र व्यक्तिलाई सहयोग हस्तान्तरण गरेका छन् ।
वडाध्यक्ष राधिका शाही योगी नेतृत्वको टिमले पदस्थापन दिवस (जेठ १२)को अवसरमा शुक्रबार पोखरा वृद्धाश्रम, मानव सेवा आश्रम र मस्तिष्क पक्षघात पीडितलाई आवश्यक दैनिक उपभोग्य वस्तु हस्तान्तरण गरेको हो ।
जनप्रतिनिधिले शुद्ध पानी पिउने प्रयोजनका लागि यूरो गार्ड पोखरा वृद्धाश्रमका पदाधिकारीलाई हस्तान्तरण गरे । हस्तान्तरणपछि बोल्दै वडाध्यक्ष योगीले आफूहरूले वृद्धाश्रममा सहयोग गर्दै आएको र यसमा अझ ध्यान दिने बताइन् । उक्त आश्रममा ५४ जना वृद्धवृद्धा छन् ।
त्यस्तै, मस्तिष्क पक्षघातबाट पीडित वडाभित्रका ६ जनालाई डसना, सिरानी, तन्ना, डाइपर हस्तान्तरण गरिएको छ । सहयोग लिएर जनप्रतिनिधिहरू पीडितको घरघरमा पुगेका थिए । वडाभित्रै शाखा रहेको मानव सेवा आश्रममा जनप्रतिनिधिले सरसफाइ सामग्री हस्तान्तरण गरे ।
२०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमार्फत पोखरा–१७ को वडाध्यक्षमा एमाले उम्मेदवार शाही निर्वाचित भएकी थिइन् । सदस्यमा पनि एमालेकै विष्णुकुमारी थापा, तारा परियार, विक्रम गुरूङ र शिवराम भण्डारी निर्वाचित भएका थिए । शुक्रबार सहयोग हस्तान्तरण गर्न जनप्रतिनिधिसहित वडा सचिव प्रमिला सुवेदी, लेखापाल युवराज पौडेललगायत वृद्धाश्रम, मानव सेवा आश्रम र मस्तिष्क पक्षघात पीडितको घरमा पुगेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ