राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले २६ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा संस्थापक अध्यक्ष टेकनाथ बराललाई राष्ट्रिय सम्पदा मानवअधिकार सम्मान प्रदान गरेको छ । गत वर्ष निधन भएका बराललाई मरणोपरान्त सम्मान गरिएको हो ।
टेकनाथकी श्रीमती हरिकला र छोरा विद्याविमलले सम्मानपत्र ग्रहण गरे । उनीहरुलाई संस्थाका अध्यक्ष सुनिल पाण्डे, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख मायादेवी शर्मा लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा आयोग गण्डकी प्रमुख शर्माले अधिकारकर्मी बराललाई मानवअधिकार आयोग केन्द्रले नै सम्मान गरिसकेको स्मरण गरिन् ।
‘उहाँ आयोग केन्द्रबाटै सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो, राष्ट्रि सम्पदासँग मानवअधिकारको रक्षा र प्रवर्द्धनमा हामीले सहकार्य गर्दै आएका छौं, भविष्यमा पनि सहकार्य अझ मजबुत हुने अपेक्षा गरेकी छु,’ उनले भनिन् ।
अध्यक्षमा ठाकुर सर्वसम्मत
संस्थाको अधिवेशनले ठाकुरप्रसाद बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ ।
उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, महासचिव दिलीप दोषी, सचिव विन्ध्येश्वरी बराल र कोषाध्यक्षमा कमलप्रसाद न्यौपाने छन् । सदस्यमा श्रीराम आचार्य, अर्जुन भण्डारी, त्रिभुवनप्रसाद बराल, अनिल थापा, कल्याण पन्त, वीनिता अधिकारी, सुशीला त्रिपाठी, शौरभ देवकोटा र मिलन प्रतीक निर्वाचित भएका छन् ।
संस्थाका अध्यक्ष सुनिल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक तिलक पराजुली, संस्थाका पूर्वअध्यक्ष भवानीप्रसाद पाण्डे र रामबहादुर पौडेल, मानवअधिकारकर्मी खगराज आचार्य, पोखरा ६ का अध्यक्ष विष्णु बहादुर भट्टराई, संस्थाकी उपाध्यक्ष निर्मला कोइराला, सम्मानित व्यक्तित्व टेकनाथका छोरा विद्याविमल बराल, माछापुच्छ्रे महिला क्लबकी अध्यक्ष गीता पौडेल लगायतले बोलेका थिए । विष्णुहरि अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा वसुन्धरा ढकाल र निर्मला कोइराला सदस्य थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’