पोखराको जिरोकिलोमिटरदेखि बिन्दवासिनीसम्म चार लेनको सडक छ । यस क्षेत्रमै हेम्जापछि आकर्षक फराकिलो उक्त सडकखण्डमा सडक मात्र बन्यो तर बीचमा पर्ने फिर्के पुल भने उस्तै छ । पुलमा एकैपटक दोहोरो सवारी चल्न पनि साँघुरो छ ।
बाटो फराकिलो देखेर तीब्र गतिमा गुड्ने सवारीहरु पुल आउने बित्तिकै बीच लेनतर्फ जानुपर्ने हुन्छ तर फराकिलो सडकमा तीब्र गतिमा गुडेका सवारी नियन्त्रण गुमाउँछन् अनि खोलामा खस्छन् । यहाँ वर्षेनी दुर्घटना भएर मानिसले अनाहकमा ज्यान गुमाइरहेका छन् ।
यसै ठाउँ नेर गएराति मोटरसाइकल दुर्घटना हुँदा बागलुङका गणेश आचार्यको मृत्यु भएको छ ।
गएराति बागलुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा ४८ प ९५७९ नम्बरको मोटरसाइकल पिर्केपुल नजिक सडकको बीच भाग रहेको डिभाइडरमा अनियन्त्रित भई ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका बागलुङ नगरपालिका–१२ अमलाचौरका अन्दाजी ४१ वर्षीय गणेश आचार्यको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको कास्की ट्राफिकले जनाएको छ ।
दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो