काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमाकाम गर्ने संस्थाअटोमोबाईल्स एसोसियसनअफ नेपाल (नासा नेपाल)ले मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ । संघ स्थापनाको १६ औं वर्षगाँठको अवसरमानासा नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरेर मोटर स्पोर्ट्सको क्षेत्रमा योगदान गरेका ९ जनालाई अवार्ड प्रदान गरेको हो ।
विगत १५ वर्षदेखि मोटर स्पोर्ट्समा संलग्नभएका राईडर, ड्राईभर र प्रमोटरलाई समावेश गर्दै जनहीनगद २० हजार सहितअवार्ड वितरणगरिएको नासा नेपालले जनाएको छ । सम्मानितहुनेमाटीएसडी र्यालीड्राईभर उपेन्द्र प्याकुरेल, मोटर–मोटर साईक्लिङ रेसिङ बर्षा बस्नेत, मोटर साईक्लिङ (अफरोड) सुन्दर होना (भिम), मोटर स्पोर्ट्स (अटो जिमखाना) आशिषभारती, मोटर साईक्लिङका रोड रेसिङ राजकुमार कार्की, टू ह्विलटुरिङका प्रमोद श्रेष्ठ, मोटो भ्लगरकी सुरक्षा केसी, गल्स अन द ट्रयाककी सुनिता देसार, रोड रेसिङ नेश्नल टू ओभरसिजकाबिक्रमथापा रहेका छन् ।
कार्यक्रमकाअवार्ड विजेतालाई मुख्यअतिथी राष्ट्रिय खेलकुद परिषदकाउपाध्यक्षशिव कोईराला, सदस्य सचिवटंकलालघिसिङ, राखेपकाबोर्ड सदस्यतथा ई स्पोर्ट्स संघकाअध्यक्षअन्जनधमला, स्केटिङ संघकाअध्यक्षअच्युतखनाल, एफआईए वल्डकाउन्सिल मेम्बर गोबिन्दभट्टराई लगायतले पुरस्कृत गरेका थिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’