पोखरा । ठकुरी महिला परिवारका सदस्यहरूलाई पोखरामा उद्घोषण तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन स्थित संगम ठकुरी परिवारको सभाहलमा आयोजित तालिममा ठकुरी महिला परिवारमा आवद्ध ४० जना महिलाहरूको सहभागिता रहेको थियो । तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको क्षमता अभिवृद्धिको लागि जीवन उपयोगी तालिम सञ्चालन गरेको बताउँदै तालिमले बोल्ने कला, कार्यक्रम संचालन देखि नेतृत्व विकासमा सहयोग पुग्ने बताए ।
तालिमका प्रशिक्षक एवं पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेयले तालिमले आत्मविश्वास सँगै क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने बताए । पाण्डेयले हरेक ठाउँमा बोल्ने कला, नेतृत्व विकास, उद्घोषण कला आवश्यक हुने भएकोले सबै क्षेत्रमा आवद्धहरुको लागि पनि तालिम आवश्यक भएको बताए ।
ठकुरी महिला परिवारका अध्यक्ष सरस्वती हमालले एक दिनको तालिममा पनि आफूहरूले धेरै कुरा सिक्न पाएको भन्दै सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे । ठकुरी संगम परिवारका अध्यक्ष शेर बहादुर उच्चै लगायतले बोल्नु भएको कार्यक्रममा सहभागी सम्झना हमालले सहभागी मन्तव्यसहित तालिमको प्रतिवेदन प्रस्तुत गरेका थिए । ठकुरी महिला परिवारका अध्यक्ष सरस्वती हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी हमाल खाँण ठकुरीले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ