पोखरा । प्रमुख विपक्षी दलका नेता खगराज अधिकारीलाई पत्र लेखेर विश्वासको मतमा समर्थन जनाइदिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आग्रह गरेका छन् ।
उक्त पत्र कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेको मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका छन् ।
सर्वोच्चको परामेशपछि पाण्डे जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका छन् ।
पाण्डेले पठाएको पत्रमा भनिएको छ :
नेपालको संविधान र प्रदेश सभा नियमावली २०८० ले व्यवस्था गरे बमोजिम मैले यही मिति २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने व्यहोरा जानकारी गराउन चाहान्छु ।
स्थायित्व र जनआकांक्षा अनुरुप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ ।
राजनीतिक दलहरु बीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन मैले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावको पक्षमा यहाँ र यहाँको दलको सदस्यहरुले मतदान गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’