पोखरा । कास्की प्रहरीले सुनसहित झण्डै १ करोड भन्दा बढीका गरगहना तथा सामानहरु चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामले आज (सोमबार) पोखरा महानगरपालिका २२ घर भई पोखरा १३ मियाँपाटन बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखाको अजिरकोट गाउँपालिका २ घर भई पोखरा ४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापामगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
नवीनलाई मियाँपाटनको आफ्नै डेराबाट र सुवासलाई लेखनाथको सुन्दरबजारबाट गत शुक्रबार पक्राउ गरिएको वडा प्रहरी वैदामका प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार १० महिना अघि मात्रै चोरी मुद्धामा कैद भुक्तान गरेर जेलमुक्त भएका थिए ।
डिएसपी श्रेष्ठले उनीहरुको साथबाट ३४ तोलाबढि सुन, विभिन्न कम्पनीका १५ थान ल्यापटप, २ थान ड्रोन, क्यानन कम्पनीका ४ थान र सोनी कम्पनीको ५ थान डिएसएलआर क्यामेरा, नगद रु ११ हजार ५ सय ६८, २ थान स्यामसुङ कम्पनीको टिभी, चरेस तथा तामाका ४६ वटा भाडाकुडा, कफि मेसिन २ थान, ११ थान घडि लगायतका समाग्रीहरु बरामद गरेको बताए ।
उनका अनुसार उक्त समाग्रीको हालको बजार मूल्य ९६ लाख ४० हजार ५ सय ६८ रुपैयाँ रहेको उनले बताए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर