स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका स्थित घट्टेखोलामा शिलान्यासको पाँच महिनामै मोटरेबल पुल निर्माण भएको छ ।
अर्जुनचौपारी सदरमुकामबाट छोटो दुरीमा रहेको देशकै पहिलो पर्यटकीय ग्रामीण गाउँ सिरुवारी जाने बाटोमा पर्ने उक्त मोटरेबल पुल निर्माण थालेको पाँच महिनामै सम्पन्न भएको हो ।
दुई पालिका अर्जुनचौपारी र आँधीखोला हुँदै पर्वत जिल्ला जोड्ने उक्त मोटरेबल पुल संघीय सरकारको ५० लाख र बाँकी पालिकाको बजेटमा निर्माण भएको हो । पुल निर्माणका लागि टेन्डर रकममा २७ प्रतिशत छाडेर एक करोड १६ लाख ५४ हजार ६९ रुपियाँ ४५ पैसामा अँगेरे भँगेरे निर्माण सेवा कम्पनीले निर्माण कार्य सम्पन्न गरेको हो । गत पौष १२ गते एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेकोमा निर्माण कम्पनीले फागुन १ गतेबाट नै काम सुरु गरेको थियो ।
पालिकाका सव-इन्जिनियर सन्दिप बोगटीले १० मिटर लम्बाई रहेको पुल ५ मिटर चौडा रहेको जानकारी दिए । पुल निर्माणको मुख्य काम सकिसकेको र दुई छेउको पहुँच मार्ग निर्माण गर्ने काम बाँकी रहेको बोगटीले बताए ।
युवा निर्माण व्यवसायी युवराज गुरुङले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै पुल छिटो नै बनाएको बताए । पुल नहुँदा बर्सादको समयमा जोखिमपूर्ण र लामो यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो ।
पुल नहुँदा चार वर्ष पहिला शहरेखोला पुल शिलान्यासमा आएका तत्कालीन भौतिक पुर्वाधार मन्त्री रघुवीर महासेठको गाडी समेत बगाएको थियो ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’