पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’ बाट सम्मान गरेको छ ।
भारतको केरलामा जन्मिएर पोखरालाई २०१७ सालदेखि कर्मभूमि बनाउँदै यस क्षेत्रको शैक्षिक विकाससँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गर्दै अएकी डा. अलियामालाई नगद २५ हजार र सम्मानपत्र सहित ‘गण्डकी नारी सम्मान’ अर्पण गरिएको हो । यसअघि सञ्चारकर्मी निर्मला शर्मा, गायिका बाबा राणा, समाजसेवी राधा कुँवरलगायतलाई क्लबले सम्मान गरिसकेको छ ।
क्लबले ११ वर्षदेखि नियमितरुपमा शिक्षा, स्वास्थ्य, वातावरण लगायत समाज सेवाका विभिन्न क्षेत्रमा कार्य गरेका महिलाहरु मध्येबाट प्रत्येक वर्ष यो सम्मान प्रदान गर्दै आएको क्लबका पूर्व अध्यक्ष एवं लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ‘जे’ नेपालका कोचिफ एडभाइजर विमला श्रेष्ठले बताइन् ।
सम्मान कार्यक्रममा पत्रकार तथा साहित्यकार बबिता बस्नेतले ३७ वर्ष पहिले पोखराका महिलाहलले खोलेको विश्वकै पहिलो महिलाहरु मात्र सम्मिलित क्लबले समाजमा उत्किृष्ट कार्य गर्ने व्यक्तित्वहरूलाई बर्सैनि सम्मान गर्दै आएकोमा प्रसंशा गरिन् । उनले पछिल्लो समय शिक्षासँगै सामाजिक विकास भए पनि पुरुषहरूले महिलाहरूप्रति गर्ने व्यवहारमा खासै सुधार नआएको टिप्पणी गरिन् ।
कार्यक्रममा शिक्षाविद् जर्ज जोनले लायन्सले समाज विकास र सेवाका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए । उनले गण्डकी लायन्सले गरेको सम्मानले महिलाहरुलाई सेवाका क्षेत्रमा योगदान गर्न उत्पे्ररित गर्ने बताए ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ‘जे’ नेपालका द्वितीय भाइस गभर्नर प्रजापति बास्तोलाले नारीहरूको सम्मान गरेमात्र समाज समृद्ध बन्ने बताए ।
डा.माया लामाले सम्मानित डा.अलियामाले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउँदै उनीबाट शिक्षा लिएकाले पूर्वपश्चिमदेखि मेची, महाकालीसम्म सेवाका क्षेत्रमा रहेको बताइन् ।
सम्मानित व्यक्तित्व डा.अलियामाले विश्वकै महिलाहरुले मात्र नेतृत्व गरेको यस क्लबले गरेको सम्मानबाट गौरवान्वित भएको बताइन् ।
पोखरास्थित रहेको पृथ्वीनारायण क्याम्पसको स्थापना गर्न महत्वपूर्ण योगदान गरेका शिक्षाविद् जर्ज जोनकी धर्मपत्नीसमेत रहेकी उनले लामो समय यही क्याम्पसमा अध्यापन गरेकी थिइन् ।
क्लबका अध्यक्ष लक्ष्मीकला शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष कोकी मल्लले स्वागत र क्लब सचिव पुजन शाक्यले सञ्चालन गरेका थिए । क्लबका पूर्व अध्यक्ष शारदा पराजुलीले धन्यवाद ज्ञापन गरिन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह