गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा आधा बजेट पनि खर्च भएन । यस बीचमा ४५ प्रतिशत मात्रै खर्च भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत गत साउनदेखि असार मसान्त सम्ममा ४५.४८ प्रतिशत मात्र बजेट खर्च गरेको हो। जसमा चालुतर्फ ४३.९४ प्रतिशत र पुँजीगततर्फ ४५.६० प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीले जनाएको छ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट बिनियोजन गरेको थियो। जसमध्ये असार मसान्त अर्थात असार ३२ गतेसम्ममा १५ अर्ब २० करोड १० लाख १९ हजार ६ सय ४ रुपैयाँ खर्च भएको छ।
मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पछिल्लो ११ महिनामा ४४.०८ प्रतिशत बजेट खर्च गरेको छ।
आर्थिक मामिला मन्त्रालयले ३९.४२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।
त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ५२.४ प्रतिशत बजेट खर्चिएको छ।
कृषि तथा भूमि ब्यबस्था मन्त्रालयले ४०.६७ प्रतिशत बजेट खर्च गरेको छ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ४६.५६ प्रतिशत खर्च गरेको छ।
उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले ५९.८५ प्रतिशत बजेट खर्चिएको छ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ५०.८४ प्रतिशत बजेट खर्च गरेको छ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले अस्थिर सरकारका कारण बजेट खर्च गर्न नसकिएको बताए। उनले अस्थिरताका बाबजुदपनि असार सम्ममा ४५ प्रतिशत बजेट खर्च हुनु सन्तोषजनक भएको बताए।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’