पोखरा । अष्ट्रेलियाको सबैभन्दा ठूलो र पुरानो सहर सिड्नीमा माया लाउञ्ज खुलेको छ ।
तीन वर्षको मेहनतपछि ३ सयभन्दा बढी ग्राहक क्षमता भएको लाउञ्ज गत जुन ३ देखि सञ्चालनमा आएको हो । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले लाउञ्जको उद्घाटन गरे ।

लाउञ्जको मुख्य उद्घाटन जुन २८ देखि जुन ३० सम्म तीन दिने हुने अपरेसनल म्यानेजर सिद्धार्थ पौडेलले जानकारी दिए । यो लाउञ्ज क्लब र पार्टी गतिविधि, साथीभाइ जमघटका लागि उपयुक्त रहेको उनले बताए । ‘यो नेपालीका लागि मात्र होइन । अन्य खाले खाना र पेयपदार्थ खोज्ने विदेशीलाई पनि उपयुक्त गन्तव्य हो,’ पौडेलले भने ।
जुन २८ देखि जुन ३० सम्म हुने कार्यक्रममा १० वर्षपछि पुनः एकीकरण हुने द अग्लिज् ब्याण्डले प्रस्तुति दिनेछ । साथै, इनोक तामाङ र डिजे विधानले पनि आफ्नो प्रस्तुति दिनेछन् । सहभागीहरूले प्रत्यक्ष डीजे सेट र अन्य विभिन्न आकर्षणहरू र गतिविधिहरूको मज्जा लिन सक्नेछन् ।
लाउञ्जलाई सिड्नीका स्थानीय र विदेशी दुवै खाले पाहुनालाई मनपर्ने गरेर डिजाइन गरिएको अपरेसनल म्यानेजर पौडेलले बताए । यो भव्य उद्घाटनले सिड्नीमा रात्री जीवनका लागि नयाँ युगको सुरुवात र अविस्मरणीय उत्सव हुने लाउञ्ज सञ्चालकको जिकिर छ ।



सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर