लेकसाइडको चकटी रेष्टुरेन्टबाट गाँजासहित दुई युवक पक्राउ

लेकसाइडको चकटी रेष्टुरेन्टबाट गाँजासहित दुई युवक पक्राउ

gaja pak

पोखरा लेकसाइडस्थित चकटी रेष्टुरेन्टबाट गाँजासहित दुई युवक पक्राउ परेका छन् ।

कास्की प्रहरीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाग्लुङ जैमिनी नगरपालिका वडा नं. ४ घर भएका वर्ष २० को संजोग क्षत्री र पोखरा महानगरपालिका वडा नं. १७ बस्ने वर्ष १८ का कल्याण महर्जन छन् । उनीहरुको साथबाट एक केजी गाँजा बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैलाई जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds