गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ५ को ग्राण्ड फिनाले भोलि (शनिबार) हुँदैछ।
एपीवान टेलिभिजनको स्टुडिओमा बेलुका ६ बजेबाट सुरू हुने फिनालेमा टाइटलका लागि चार जनाले प्रतिस्पर्धा गरिरहेका छन्।
बर्दियाका करण परियार, पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेल प्रतिस्पर्धामा छन्। दर्शकको भोटका आधारमा विजेता घोषणा गरिनेछ।
भोलि बेलुका ८ बजेसम्मका लागि भोटिङ खुला छ।
यसपटक फिनालेमा पहिलो सिजनदेखिका प्रतिभावान प्रतिस्पर्धी, जो अहिले सांगीतिक क्षेत्रमा चर्चामा छन्, उनीहरूको समेत प्रस्तुति रहने निर्देशक सुरेश पौडेलले बताए।
उनका अनुसार प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल, प्रविन बेडवाल, अफसर अली लगायतले फिनालेमा प्रस्तुति दिनेछन्।
फाइनलिस्टसहित उत्कृष्ट १४ भित्रका अन्य १० प्रतिस्पर्धीको समेत प्रस्तुति रहनेछ। फिनालेका लागि सेट समेत परिवर्तन गरिँदैछ।
फिनालेलाई एपीवान टेलिभिजन र नेपाल आइडलको युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने निर्देशक पौडेलले बताए।
शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छ भने रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन्।
सातै प्रदेशमा गरिएको अडिसनबाट १ सय ५२ जना प्रतिस्पर्धीहरू छनोट भएका थिए। प्रि–थिएटर, थिएटर, पियानो, गाला राउण्डमा प्रस्तुति दिँदै प्रतियोगीहरू फिनालेसम्म पुगेका हुन्।
विजेताले २५ लाख रूपैयाँसँगै अन्य विभिन्न पुरस्कार पाउनेछन्। फस्र्ट र सेकेन्ड रनरअपले क्रमशः १० र ५ लाख रूपैयाँ प्राप्त गर्नेछन्।
पोखराका मानव परियार टप ५ बाट बाहिरिएका थिए भने पोखराका मानव परियार टप ५ बनी बाहिरिएका थिए भने सुनिल विश्वकर्मा टप ९ मा रहेर बाहिरिएका थिए ।
पोखराका मानव विश्वकर्मा (टप ५) को प्रस्तुति:
पोखराका सुनिल विश्वकर्मा (टप ९) को प्रस्तुति:
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’