बर्दियाका करण परियार अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करणको विजेता बनेका छन् ।
फिनालेमा करणसँगै पोखराकी सलोमी गुरुङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेल पुगेका थिए । फर्स्ट रनर अप सलोमी, सेकेण्ड रनरअप सचिन र थर्ड रनरअप मोहित बने ।
विजेताले नगद २५ लाख, फर्स्ट रनर अपले नगद १० लाख, सेकेण्ड रनर अपले नगद ५ लाख र थर्ड रनरअपले स्कुटरका साथमा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । विजेताहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ट्रफी प्रदान गरेका थिए।
यसअघि बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर नेपाल आइडल भइसकेका छन्।

फागुन २४ देखि प्रसारण सुरू भएको पाँचौं संस्करणमा देशभरिबाट १ सय ५२ जना छानिएका थिए । उनीहरू मध्येबाट उत्कृष्ट १० चयन गरी त्यसबाट भोटिङको आधारमा टप ४ सम्म छनौट गरी फाइनलमा चार जनाबीच प्रतिष्पर्धा गराइएको थियो ।
गायन प्रतिस्पर्धामार्फत आफूभित्र छरिएर रहेको प्रतिभालाई उजागर गर्ने एउटा अभूतपूर्व प्लेटफर्म नेपाल आइडल रहेको र यसले नयाँ प्रतिभाहरूलाई विशेष अवसर दिँदै आएको एपी वानले जनाएको छ।
पाँचौं संस्करको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका छन्। उनीहरूले यसअघि तीन संस्करणमा पनि निर्णायक रहेका थिए। त्यस्तै, आसिफ साह र रीमा विश्वकर्माले नेपाल आइडलको होस्ट थिए ।
नेपाल आइडलले पाँचौं संस्करणका लागि झापाको विर्तामोड, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुर्खेतको विरेन्द्रनगर, दाङको घोराही र कास्कीको पोखरा र काठमाडौंमा अडिशन गरेको थियो। त्यस्तै, डिजिटल अडिशनबाटसमेत प्रतिस्पर्धीले सहभागिता जनाएका थिए।

सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो