मणिपालमा उपचार गर्दा धादिङबासीलाई छुट

सहुलियत

मणिपालमा उपचार गर्दा धादिङबासीलाई छुट

जिल्लाबासीले लाभ लिने विश्वास

manipal dhading contract (1)

धादिङका बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् । सेवा लिन चाहने धादिङबासीहरू धादिङ पोखरा सम्पर्क समाजका सदस्य भने हुनुपर्नेछ ।

समाज र हस्पिटलबीच आइतबार भएको सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने विभिन्न शीर्षकको सेवामा विशेष छुट दिइने भएको हो ।

धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष राजु पाण्डे र मणिपाल शिक्षण अस्पतालका सिईओ अनिल ओडूविलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा धादिङबासीका लागि ओपिडी दर्तामा १०० प्रतिशत, सामान्य बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्ट, इसीजी, एक्सरेमा १५ प्रतिशत, अपरेसनमा १० प्रतिशत छुट दिने उल्लेख छ ।

समाजका अध्यक्ष पाण्डेले यस सहमतिले धादिङबासी लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले भने – ‘मणिपाल पोखराको सुविधासम्पन्न र प्रतिष्ठित हस्पिटल हो । यस हस्पिटलसँग यो सम्झौता भएपछि हाम्रा जिल्लाबासीले लाभ लिने विश्वास लिएको छु ।’ उनले अस्पताल प्रशासनप्रति आभार पनि व्यक्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds