विवादित बन्न पुगेको टेलिभिजिन शाे ‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले उक्त कार्यक्रम र हालकी प्रस्तोतामाथि टिप्पणी गरेका छन्।
लामो समयदेखि आफूले निर्माण एवम् सञ्चालन गर्दै आएको उक्त शो ओसिन सिटौलाले सञ्चालन गरेको पहिलो एपिसोड नै विवादमा तानिएपछि उनले टिप्पणी गरेका हुन्।
‘म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्ड प्रतिको मेरो बफादारी ध्वस्त भएको छ’, उनले अगाडि भनेका छन्– ‘एक टेलिभिजनकर्मीको रूपमा म दुखित छु र यो सामाग्रीको हिस्सा बन्न चाहन्न ।’ उनले आफू अहिले उक्त शो मा आबद्ध नरहेको समेत स्पष्ट पारेका छन् ।
‘तपाईंहरुको सबैले मलाई वर्षौँदेखि देखाउनुभएको अपार माया र समर्थनको म सधैँ आभारी छु’, उनी थप्छन्– ‘तपाईंहरुको प्रोत्साहन मेरो करियरमा एक प्रमुख शक्ति हो । आगामी दिनमा पनि तपाईंहरुले रमाइलो गर्ने र गर्व गर्न सक्ने सामाग्री ल्याउन प्रतिवद्ध छु ।’
उनले आफ्नो भविष्यको प्रयासमा दर्शकको साथ रहने विश्वास समेत व्यक्त गरेका छन् ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रममा आफू कान्तिपुर टिभी र ‘इट्स माइ शो’सँग हाल आफ्नो कुनै संलग्नता नरहेको पनि उनले स्पष्ट पारेका छन्।
‘भर्खरै कान्तिपुर टिभीमा सुरजसिंह ठकुरीसँग इट्स माइ शोको सम्बन्धलाई लिएर केही अन्योल भएको छ। म स्पष्ट गर्न चाहन्छु- म अब कुनैपनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा’, उनले लेखेका छन्।
साम्राज्ञी र स्वस्तिमाले माफी मागे
कार्यक्रमका गेस्ट स्वस्तिमा र साम्राज्ञीले सम्बन्धित व्यक्तिसँग माफी मागिसकेका छन्। कार्यक्रम प्रस्तोताको भने कुनै प्रतिक्रिया आएको छैन। कान्तिपुरले पनि उक्त कार्यक्रम युट्युवमा यथावत् राखेको छ।
स्वस्तिमाले जसिता गुरुङको पोस्टको कमेन्टमा माफी मागेकी हुन् भने साम्राज्ञीले स्टोरीबाट।

माफी माग्दै स्वस्तिमाले लेखेकी छन्, ‘म तपाईंको भावनामा चोट पुर्याएकोमा माफी चाहन्छु। यो एक रमाइलो कार्यक्रम थियो र आवेगसहित कुराहरू बाहिर आयो। तपाईं मेरा लागि सधैं महान साथी हुनुहुन्थ्यो। फेरि पनि म माफी चाहन्छु।’
साम्राज्ञीले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा सोच्न नसक्ने भन्दै स्पष्टीकरण दिएकी छन्। उनले लेखेकी छिन्, ‘हामीलाई प्रश्नको राउन्डमा एउटा स्थितिमा राखिएको थियो। हामीले, यसको नतिजा के हुन्छ भनेर सोंचेनौं। कुनै पनि तरिकाले तिमीलाई धम्क्याउने कोसिस पनि गरेका थिएनौं। तिम्रो भावनामा चोट पुर्याएकाेमा माफी माग्न चाहन्छु।’
केही दिनअघि दुवै एकसाथ ‘इट्स माइ शो’ कार्यक्रममा पुगेका थिए। जहाँ कार्यक्रमकी होस्ट ओसिन सिटौलाले बजर राउन्डमा प्रश्न सोधिन्। ‘धिरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन्?’
प्रश्नको जवाफ दिन स्वस्तिमाले हतार गर्दै बजर बजाइन्। र, जसिता गुरुङको नाम लिइन्। लगत्तै साम्राज्ञीले भनिन्, ‘प्रदीप खड्का, धीरज मगर र अहिले अनमोल केसी।’ त्यसपछि तीनैजना बेस्सरी हासे।
त्यस्तै, अर्को प्रश्नमा ओसिनले सोधिन्, ‘अनमोल केसीका कतिवटा गर्लफेन्ड थिए र उनीहरूको नाम के हो?’यसमा पनि स्वस्तिमाले आना शर्मा र अश्मी श्रेष्ठको नाम लिइन्। साम्राज्ञीले भने आफूलाई थाहा नभएको बताइन्।
यी दुवै अभिव्यक्ति स्वस्तिमा र साम्राज्ञीलाई भारी परेको छ। राष्ट्रिय टेलिभिजनमा गएर चर्चित अभिनेत्रीले अरूको निजी जीवनबारे बोल्नु गलत भएको भन्दै उनीहरूको सामाजिक सञ्जालभरि आलोचना भइरहेको छ।
यसैबीच, पूर्वमिस नेपाल अस्मी श्रेष्ठले पनि इन्स्टाग्रामबाट उक्त टक शोलाई लिएर आपत्ति व्यक्त गरेकी छन्। टक शोमा आफूबारे लक्षित टिप्पणीलाई पनि उनले अस्वीकार गरेकी छन्।
यो विवादमा अनमोल र जसितासहितका कलाकारले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएका छन्।
जसिताले दुवैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै इन्स्टाग्राममा पाेस्ट राखेकी छन्—‘मैले यसबारेमा बोलिरहेकी छु। मैलै कहिल्यै पनि बुझ्न सकिनँ कि मानिसहरू राष्ट्रिय टेलिभिजनमा कसैको निजी जीवनको बारेमा किन कुरा गर्छन्, जबकि उसलाई व्यक्तिगत रूपमा राम्रोसँग नै चिनेको हुँदैन। यो अन्तर्वार्ता हेरेपछि मलाई यी व्यक्तिप्रति निकै दुख लागेको छ। के एक महिला अर्को महिलालाई निच देखाउने विरुद्धमा छौं।’
अभिनेता अनमोल केसी जसिताको पक्षमा उभिएका छन्। उनले पहिले वास्तविक चरित्रमा ध्यान दिएर त्यसपछि रिल लाइफबारे ध्यान दिन महिलाहरूलाई अनुरोध गरेका छन्।
‘भावनात्मक बदमासी वा मानसिक बदमासी भनेको अर्को व्यक्तिलाई अलग गर्न, खिल्ली वा जिस्काउने शब्दहरूको प्रयोग हो। भावनात्मक बदमासीले व्यक्तिको भावना, आत्मविश्वास र आत्ममूल्यलाई लक्षित गर्छ,’उनले लेखेका छन्।
जसिताले असन्तुष्टि जनाएसँगै र सामाजिक सञ्जालमा आलोचना भएपछि दुवै अभिनेत्रीले माफी मागेका हुन्।
सम्बन्धित खबर
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
सर्वोच्चले पुनर्बहाली गरेपछि शाक्यले सम्हाले प्राधिकरणमा कार्यकारी निर्देशकको पद
बहुविवाह कसुरमा डीएसपी नेपाल पक्राउ
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?