सडक डिभिजन कार्यालय पोखरा मातहतमा पोखरा महानगर वडा नं. १७ र २१ जोड्ने फुस्रे खोला दम्सादी मोटरेबल पुल र पोखरा महानगर वडा नं. १३ र २८ जोड्ने बिजयपुर खोला पुल निर्माण कार्य भइरहेको छ ।
जिल्ला समन्वय समिति कास्कीले सडक डिभिजन कार्यालय मातहतका आयोजना शुक्रवार अनुगमन गरेको छ। जिसस प्रमुख लिलाधर पौडेल नेतृत्वको अनुगमन टोलीले आफ्नो कार्यतालिका अनुसार नियमित गरेको हो।
पोखरा महानगर वडा नं. १७र २१ जोड्ने फुस्रे खोला दम्सादी मोटरेबल पुलको कुल लागत २७ करोड ७७ लाख भएकोमा १८ करोड २९ लाखमा २०७५ असार २७ गते निर्माण सम्झौता भएको उक्त आयोजना २०८१ माघ २९ गते सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सो आयोजनाको ७१ प्रतिशत भौतिक प्रगति देखिएको छ। ४ स्पानमा १२० मिटर लम्बाई र ११मिटर चौडाइ भएको उक्त सूर्य प्रेरणा एच एम कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको प्रमुख पौडेलले जानकारी दिए ।
त्यसैगरी, सडक डिभिजन कार्यालय पोखरा मातहतमा निर्माणाधीन पोखरा महानगर वडा न१३ र २८जोडने बिजयपुर खोला मोटरेबल पूलको कुल लागत ७ करोड ८२ लाख रहेकोमा ७ करोड ३२ लाखमा २०८० असार २२ गते निर्माण सम्झौता भएको उक्त आयोजना २०८२ पुष २४ गते सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको ५० प्रतिसत भौतिक प्रगति देखिएको छ।
दुई स्पानमा ६० मिटर लम्बाई र ११ मिटर चौडाइ भएको उक्त पूल भिम ज्योति धन थान जे भि कम्पनीले निर्माण गरिरहेको सडक डिभिजन पोखराका इन्जिनियर राहुल पाण्डेले जानकारी दिए । अनुगमन टोलिमा जिसस कास्कीका उप प्रमुख सरिता माल, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल जिसस कास्कीका सदस्य, इन्जिनियर, प्राबिधिक सहित कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’