पोखरा । धादिङ-पोखरा सम्पर्क समाजद्वारा २६औं स्थापना दिवसका अवसरमा आयोजित २१औं खुला रक्तदान कार्यक्रममा १ सय ३७ युनिट रगत संकलन भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले रक्तदान जत्तिको पवित्र कार्य अन्य हुन नसक्ने बताए । उनले धादिङवासीलाई पोखरामा एक्लो महसुस हुन नदिने भन्दै प्रत्येक गतिविधिमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

समाजका अध्यक्ष रामप्रसाद पाण्डे (राजु)ले रक्तदान समाजको सबैभन्दा उत्कृष्ट कार्यक्रम भएको भन्दै रगत संकलनमा प्रत्येक वर्ष आफ्नै रेकर्ड तोडिँदै गएको बताए ।

पूर्वअध्यक्षद्वय युवराज खतिवडा र कृष्णबहादुर लम्सालले धादिङवासीको एकताले नै यस्ता कार्य सम्पन्न हुँदै आएको बताए ।
पूर्वउपाध्यक्ष कमलबहादुर पाण्डेले समाज स्थापना भएदेखि नै सामाजिक गतिविधिमा सक्रिय रहँदै आइरहेको बताए ।
धादिङ त्रिपुरा बराही महिला समूहकी द्वितीय उपाध्यक्ष विन्दा धरेलले धादिङवासीको सेवामा समाज र महिला समूहबीच विगतमा पनि सहकार्य भएको र भविष्यमा पनि हुने बताइन् ।

समाजका अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठले स्वागत र महासचिव हरि पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रम समाजका कार्यसमिति सदस्य युनिक बानियाँको संयोजकत्वमा, नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।


सम्बन्धित खबर
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ