पोखरा महानगरपालिका वडा नम्बर ८ को कुँवर टोलमा शनिबार भएको निशुल्क शिविरमा ४ सय १७ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ ।
कुँवर समाज समिति, भवानी आमा समूह र युथ अफ कुँवर टोलको आयोजनामा भएको कार्यक्रममा प्राविधिक सहयोग युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) पोखराले गरेको थियो । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले आफैं र विभिन्न संघ, संस्थाको सहकार्यमा आयोजना गरेको यो १ सय ७५ औं शिविर हो ।
कार्यक्रममा प्राडा करुणा आचार्यले मधुमेह, थाइराइड तथा टिजी हुने कारण र उपाचार पद्धतिहरुमाथि प्रकाश पारिन् । पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडा कार्यालय र महानगरले जनताको स्वास्थ्य अवस्था सुधार्न योजनाबद्ध रुपमा काम गरिरहेको जनाए ।
युृआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाए । उनले सर्वसाधारणलाई रोगहरुबारे सचेतनासहित निशुल्क शिविरले रोग लाग्नुअगावै उपचार गर्न र स्वस्थ जीवन बाच्न सहयोग पुग्ने जनाए ।
कुँवर समाज कास्की अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ८ की वडा सचिव सविता ढुंगाना, कुँवर समाज समिति सहसचिव आरती कुँवर, सचिव लक्ष्मी कुँवर, संगम मार्ग महिला समूह अध्यक्ष इन्दिरा लामिछाने लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह