पोखरा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले एमालेमाथि गिद्धेदृष्टि लगाउनेहरु आफै सकिने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘मदन र युवा’ विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जनताको बहुदलीय जनवादको विचार बोकेको एमालेलाई कसैले भत्काउन नसक्ने ठोकुवा गरे ।
‘एमाले सिध्याउने कोसिस गर्नेहरु आफै चकनाचुर हुन्छन्, जनताको बहुदलीय जनवादको विचार बोकेको एमालेलाई कसैले भत्काउन सक्दैनन्’ – उनले भने ।
यथास्थितिको विरोधी र परिवर्तनका वाहक हुने भएकोले युवालाई देश परिवर्तनमा लगाउनुपर्नेमा उनको जोड थियो । कांग्रेसले चुनावमा धाँधली गर्ने गरेकोले तिनीहरुबाट जनमत जोगाउने उद्धेश्यले २०४७ साल जेठ १ गते प्रजातान्त्रिक युवा संघ गठन गरिएको अधिकारीको भनाई थियो । हालको राष्ट्रिय युवा संघ नेपाल त्यसको निरन्तरता रहेको उनले खुलाए ।
पछिल्लो समय केही जनसंगठनले पार्टीको निर्देशनको पालना नगर्ने गरेको भन्दै त्यस्तो छुट जनसंगठनलाई नहुने प्रष्ट पारे । ‘अहिले पार्टी एउटा कुरा भन्छ, पार्टीका जनसंगठनहरु अर्को कुरा भन्न मिल्दैन, अर्को ढंगले चल्न मिल्दैन, ती पार्टीका पखेटाहरु हुन्, त्यसैले पखेटाले धेरै जोरी खोज्नुहुन्न, नीति पार्टीको लिने, साँगठनिक स्वायत्तता र धेरैंलाई गोलबन्द बनाउने काममा अगाडि बढ्नुपर्छ’ उनले भने । युवा संघ पार्टीको समस्या नभएर समाधान भएको उनले प्रष्ट पारे ।
मदन भण्डारीले प्रतिपादन गरेको विचारको सबैभन्दा योग्य अनुयायी वर्तमान अध्यक्ष केपी शर्मा ओली भएको कारण पटक–पटक प्रहार हुने गरेको उनको भनाई थियो । ‘जननेता मदन भण्डारीको विचारलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको केपी ओलीले हो, त्यसकारण खोजी–खोजी आक्रमण भइरहेको छ, विभिन्न बहानामा’ उनको दावी थियो ।
उनले देशको अर्थतन्त्र रेमिट्यान्सले मात्र नधान्ने भन्दै आफ्नो उत्पादकत्व वृद्धि गर्दै राष्ट्रिय पुँजीको निर्माण गर्नुपर्ने भएकोले यसमा ध्यान दिन युवालाई आग्रह गरे ।
राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटी अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, युवा संघ नेपाल केन्द्रीय सदस्य बबिता सुवेदी, कास्की सचिव उमेश गुरुङ लगायतले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरेका बिचारको बारेमा आफ्नो भनाई राख्नुभएको थियो । वक्ताहरुले भण्डारीको विचारलाई जीवन्त राख्नको निम्ती युवाहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
यसैबीच, राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले असार १८ गते मंगलबार बृहत वृक्षरोपण कार्यक्रमको आयोजना गर्ने भएको छ । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको उपस्थितिमा पोखरा महानगरपालिका वडा नं. २६ मा हुने वृक्षरोपण कार्यक्रमको तयारी तीव्रताका साथ अगाडि बढाइएको कास्की अध्यक्ष शंकर पौडेलले बताए ।
सम्बन्धित खबर
रोमानियामा हृदयघातबाट निधन भएका स्याङ्जाका रमेश थापाको परिवारलाई ३ लाख बढी सहयोग हस्तान्तरण
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण
महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक !
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ